default_image

7 years ago

March 5, 2019

गर वा मरको अवस्थामा सन्दीपको टिम लाहोर !

151 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तरगत २५ औं खेलमा आज पेशावर जाल्मीसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ५ः१५ देखी आवुधाबीमा सुरु हुनेछ ।

अघिल्लो चरणको झिनो आसा कायमै राख्न लाहोरलाई आजको खेल जित्नै पर्ने हुन्छ ।आजको खेलमा लाहोर पराजित भएको खण्डमा अघिल्लो चरणको यात्रा लगभग सकिने छ । जारी पिएसएलमा लाहोरले ७ खेलमा ३ मा जित र ४ मा हारका साथ ६ अंक जोड्दै पाँचौ स्थानमा छ । पेशावरले ८ खेलमा ५ मा जित र ३ मा हारका साथ १० अंक जोड्दै तालिकामा दोस्रो स्थानमा छ । पेशावरमा हसन अली, काइरान पोलार्ड, क्रिस जोर्डन, राजा जस्ता स्टार खेलाडी रहेका छन् । पछिल्ला ५ खेलमा लाहोर पेशावरसँग पराजित भएको छ ।

लाहोरका कप्तान एवि डी भिलियर्स घाईते भएका छन् । योसँगै अव डी भिलियर्सले पीएसएलका बाँकी खेल गुमाउने उच्च संभावना छ । कप्तान समेत रहेका डी भिलियर्स लाहोरमा नहुँदा प्रर्दशनमा ठूलो धक्का लाग्ने अनुमान गरिएको छ । जारी पिएसएलमा सन्दीपले ४ खेलमा १० विकेट लिई सकेका छन् ।

सन्दीपले आजको खेलमा दुई भन्दाबढि विकेट लिन सके सर्वाधिक विकेट लिने सुचिको दोस्रो स्थानमा उक्लिने छन् । सन्दीप हाल चौथौ स्थानमा छन् । ८ खेलमा १८ विकेट लिदै हसन अली शिर्ष स्थानमा हुँदा समान खेलबाट १२ विकेटलिदै सोहेल तनविर दोस्रो स्थानमा छन् । सन्दीप पीएसएल पछि इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न दिल्ली जानेछन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.