7 years ago
March 6, 2019
एजेन्सी – वेस्ट इन्डिजसँगको पहिलो टी-२० खेलमा पाहुना टोली इंग्ल्यान्ड ४ विकेटले विजयी भएको छ । १ सय ६१ रनको लक्ष्य इंग्ल्यान्डले ७ बल अगाडी ६ विकेट गुमाउँदै पुरा गर्यो ।

इंग्ल्यान्डको जितमा म्यान अफ द म्यान बनेका ओपनर जोनी बेयरस्टोले ४० बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६८ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै इंग्ल्यान्डका अन्य जो डेनली ३०,साम बिलिंग्स १८,एलेक्स हेल्स ११,कप्तान ईओन मोर्गन ८ रनमा आउट हुँदा टम कुरन २ र डेविड वेल्ली १ रनमा अविजित रहे । वेस्ट इंन्डिजका लागि शिल्डन कोट्रेल ३,जोसन होल्डर,एशले नर्स र कार्लेस वार्थवेटले समान एक एक विकेट हात पारे ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । उस्का लागि निकोलस पुरनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५८ रन बनाए । ड्वेन ब्राभो २८,क्रिस गेल १५,शिम्रन हिटमेर १४ र एशले नर्शले १३ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । इंग्ल्यान्डका लागि टम कुरनले ४,क्रिस जोर्डनले २,आदिल राशिद र जो डेनलीले समान एक एक विकेट हात पारे । यो जितसँगै ३ टी-२० सिरीजमा इंग्ल्यान्डले १-० को अग्रता लिएको छ । दोस्रो खेल आगमी ९ मार्चमा हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]