10 years ago
April 26, 2016
काठमाडौं –कांग्रेस नेता रामशरण महतले राजनीतिक हस्तक्षेपका कारण नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको बताएका छन् । गत बर्षको भूकम्प र त्यसपछि पूर्ननिर्माणमा भएको ढिलाइका बारेमा कान्तिपुर एफएमको हेडलाइनर्समा कुरा गर्दै पूर्व अर्थमन्त्री समेत क्रिकेटका विषयमा पनि धारणा राखेका थिए ।
राजनीतिक हस्तक्षेपले सबै क्षेत्र अस्तव्यस्त हुँदै गएको त्यसको पछिल्लो उदाहरण क्यान भएको उनको भनाई थियो । सरकारी हस्तक्षेप र नेतृत्व विहिन भएको भन्दै अन्तर्राष्ट्यि क्रिकेट परिषद् (आइसिसी) ले सोमबार मात्र क्यानलाई निलम्बन गरेको थियो । गत बर्ष असारमा एमालेका तर्फबाट राष्ट्यि खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्त भएदेखि नै केशबकुमार विष्टले क्यानमाथि हस्तक्षेपको प्रयास थालेका थिए । क्यानको साधारण सभाका गर्नका लागि पूर्ण रुपमा असहयोग गरेका विष्टले पछि रमेश सिलवालको अध्यक्षतामा छुट्टै तदर्थ समिति गठन गरेपछि नेपाली क्रिकेट पछिल्लो समय विवादित बनेको थियो । अहिले पनि क्यानको आधिकारिता सम्बन्धित मुद्दा सर्वोच्चमा विचाराधिन छ ।
क्यानले कात्तिकका लागि पहिलो पटक तोकेको साधारण सभा २१ दिने पूर्व सुचना जारी नगरेको, प्रक्रिया पुरा नभएको र केही जिल्लामा विवाद रहेको भन्दै राखेपले रोक्न आदेश दिएको थियो । क्यानले पछि प्रक्रिया पुरा गर्दा पनि निर्वाचन गर्न स्वीकृति प्रदान गरेन । क्यानको तत्कालिन नेतृत्वले वैद्यानिकता समाप्त हुने भन्दै राखेपको स्वीकृति विना मंसिर २९ गते साधारण सभामार्फत चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसलाई मान्यता नदिने भन्दै राखेपले सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेपछि नेपालमा क्यानको दोहोरो अस्तित्व कायम भएको थियो । जसका कारण अहिले आइसिसीलाई निलम्बन गर्न बाटो खुलेका छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]