7 years ago
March 8, 2019
काठमाडौं -(हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटको प्रदेश ३ छनोटमा काठमाडौं जिल्लाले नुवाकोटमाथि ९ विकेटको फराकिलो जित हात पारेको छ ।

शुक्रबार विहान टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा १ सय ४ रनको लक्ष्य काठमाडौंले मात्र ११.१ ओभरमा १ विकेटको क्षतिमा १ सय ५ रन बनायो । काठमाडौंको जितमा भुपेन्द्र थापाले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनमा नट आउट रहे । प्रकाश विष्टले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४१ रनमा अविजित रहँदा रविन जोजी ५ रनमा पेभिलिएन फर्के । नुवाकोटका लागि दिपेन्द्र प्याकुरेले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नुवाकोटले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । उसका लागि राजेश रिमालले ४९ बलमा ४ चौका १ छक्का प्रहार गर्दै ५२ रनको अविजित पारी खेले पनि हार टर्न सकेन । अभियान बस्नेतले १५ रन जोड्न बाहेक नुवाकोटका अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । काठमाडौंको जितमा जितेन्द्रसिंह ठकुरीले २,शरद खड्का र प्रतिस जिसीले समान एक-एक विकेट हात पारे ।
काठमाडौंका प्रमुख खेलाडी ज्ञानेन्द्र मल्लले तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको दोस्रो क्वालिफायर खेलमा महेन्द्रनगर युनाइटेडसँगको खेल बहिस्कार गरेको भन्दै टेक्नीकल कमिटिले ४ खेलमा विहिवार प्रतिबन्ध लगाएको थियो । मल्लको प्रतिबन्धसँगै काठमाडौंको प्रर्दशनमा असर पर्ने अनुमान गरिएको थियो । तर पहिलो खेलमा सानदार जित हात पारेको छ । काठमाडौंले दोस्रो खेल शनिबार चितवनसँग र आइतबार भक्तपुरसँग खेल्ने छ ।
काठमाडौंका प्रशिक्षक सुनोज भट्टराईले मल्ल टिममा नहुँदा आगमी दिनमा असर पर्नसक्ने बताए । ‘पक्कैपनि मल्ल जस्ता राष्ट्रिय टिमका भरपर्दा खेलाडी टिममा नहुँदा हामीलाई घाटा हुन्छ । आज हाम्रो प्रतिद्वन्द्वी तुलनात्मक रुपमा कमजोर देखिए । अरु टिम कस्ता छन,राम्रोसँग थाहा छैन,मल्ललाई भने मिस गर्ने छौं,’ प्रशिक्षक भट्टराईले भने । त्यस्तै भट्टराईले राष्ट्रिय टिमबाट खेली सकेका खेलाडी स्वत: छनोट हुने पनि जानकारी दिए ।
प्रदेश ३ छनोटमा समुह ‘ए’ मा काठमाडौं,चितवन,नुवाकोट र भक्तपुर रहँदा समुह ‘बी’ मा मकवानपुर,काभ्रेपाञ्चोक र ललितपुर छन् । समुह ‘ए’ र ‘बी’ बाट शिर्ष दुई दुई टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल खेल फागुन २७ गते हुने छ । यदी काठमाडौं फाइनल सम्म पुगेको खण्डमा ज्ञानेन्द्रले छनोट खेल खेल्न पाउने छन् । फाइनल खेल फागुन २८ गते हुने छ ।
काठमाडौंको टोली : रविन जोशी, जितेन्द्रसिंह ठकुरी, ईशान पाण्डे, भुपेन्द्र थापा, प्रकाश विष्ट, प्रतिस जि.सी, सोनु देवकोटा, शरद खड्का, अभिनास अधिकारी, सचिन शर्मा, अमृत थापा, ज्ञानेन्द्र मल्ल, दिपक बोहोरा, पियुस केसी ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]