default_image

7 years ago

March 8, 2019

सोनुको विष्फोटक अर्धशतक खेर गयो !

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको क्रिकेट अन्तर्गत प्रदेश ३ स्तरीय छनोट प्रतियोगितामा शुक्रबार दिउँसो ललितपुरले काभ्रेपालाञ्चोकलाई ६ विकेटको पराजित गरेको छ ।

टियू क्रिकेट मैदानमा काभ्रेले दिएको १ सय १८ रनको लक्ष्य ललितपुरले ९ बल अगाडी ४ विकेट गुमाउँदै पुरा गर्यो । ललितपुरको सहज जितमा भरत इन्द्रले ४२, आदिल खान ३३ र विवेक रानामगरले १७ रनको योगदान दिए । रित गौतम ४, दुर्गेश थापा ३ र विश्वास श्रेष्ठले १ रन बटुले । काभ्रेका लागि मनिष सुवेदीले २, सुमन हुमागाईं र सोनु तामाङले समान एक-एक विकेट लिएपनि जितको लागि पर्याप्त रहेन ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको काभ्रेले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १७ रन बनाएको थियो । काभ्रेका लागि सोनु तामाङले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५२ रन बनाए । प्रविन रिजाल १३ र धिरज अधिकारीले २६ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । ललितपुरका प्रकाश विष्ट, सुमित झा, सुर्य तामाङ र आदिल खानले समान एक-एक विकेट लिए ।

फागुन २२ देखी सुरु भएको प्रदेश ३ स्तरिय छनोट प्रतियोगितामा समुह ‘ए’ मा काठमाडौं, चितवन, नुवाकोट र भक्तपुर रहँदा समुह ‘बी’ मा मकवानपुर, काभ्रेपाञ्चोक र ललितपुर छन् । समुह ‘ए’ र ‘बी’ बाट शिर्ष दुई दुई टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल खेल फागुन २७ गते हुने छ । फाइनल खेल फागुन २८ गते हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.