default_image

7 years ago

March 10, 2019

धवनको सानदार शतकसँगै अष्ट्रेलियालाई विशाल लक्ष्य

150 views

0 Bookmark

एजेन्सी – ओपनर शिखर धवनले सानदार शतक प्रहार गरेपछि चौथो वान डे खेलमा भारतले अष्ट्रेलियालाई ३ सय ५९ रनको विशाल लक्ष्य दिएको छ ।

चन्डीगढमा आइतबार टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५८ रन बनायो । ३८ ओभरको चौथो बलमा प्याट कमिन्सले बोल्ड आउट गर्नु अघि धवनले १ सय १५ बलमा १८ चौका र ३ छक्का प्रहार गर्दै १ सय ४३ रनको उत्कृष्ट इनिङ खेले ।

धवनको यो वान डे करियरको १६ औं शतक हो । पछिल्ला १७ खेलमा खराब प्रर्दशन गर्दा आलोचनाको शिकार बनेका धवनलाई यो शतकले ठूलो राहत दिने छ । त्यस्तै अर्का ओपनर रोहित शर्माले ९२ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ९५ रनको योगदान दिए । ओपनर धवन र रोहितले पहिलो विकेटका लागि १ सय ९३ रनको साझेदारी गर्दै भारतलाई विशाल योगफल तर्फ लम्काएका थिए । यी दुई ओपनरको साझेदारी झेय रिचड्सनले ३१ ओभरको अन्तिम बलमा शर्मालाई पिटर हेन्डस्कम्वबाट क्याच गराउँदै तोडेका थिए ।

भारतका लागि कप्तान विराट कोहली ७, ऋषभ पन्त ३६, केदार जाधव १०, केएल राहुल र विजय शंकर समान २६ रनमा आउट भए । अष्ट्रेलियाका प्याट कमिन्सले १० ओभरमा ७० रन खर्चेर ५ विकेट लिए । झेय रिचड्सन ३ र एडम जम्पाले १ विकेट हात पारे । पाँच खेलको वान डे सिरीजमा भारत २-१ ले अघि छ । आजको खेलमा भारत विजयी भए सिरीज एक खेल अगावै जित्ने छ ।

November 17, 2025

काठमाडौंले पहिला बलिङ गर्ने

काकाठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन खेल जितेर काठमाडौं गोर्खाज पहिले बलिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा करण केसीले‌ टस जितेर बलिङ गर्ने निर्णय गरेपछि जनकपुर पहिलो ब्याटिङमा उत्रने भएको छ।जनकपुर बोल्ट्स डिफेन्डिङ च्याम्पियन हो। काठमाडौंले भने गत संस्करण नेट रनरेटको आधारमा प्ले अफमा स्थान बनाउन सकेको थिएन्। जनकपुर […]

November 17, 2025

एनपिएलको उद्घाटनमा २ हजार बढी सुरक्षाकर्मी परिचालित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको‌ उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। आज नेपाल‌ प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र‌ प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको नेपाल क्रिकेट संघ […]

November 17, 2025

पाकिस्तानको क्लिन स्विप, श्रीलंकाको हार

एजेन्सी – फखर जमन र मोहम्मद रिजवानले अर्धशतक बनाएपछि पाकिस्तानले श्रीलंकालाई तेस्रो तथा अन्तिम ओडिआईमा ६ विकेटले हराएको छ। घरेलु टोली पाकिस्तानले सिरिज ३-० ले सिरिज जितेको छ। श्रीलंकाले दिएको २ सय १२ रनको लक्ष्य पाकिस्तानले ४४.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानले खराब सुरुआत गर्‍यो। ओपनर हसीबुल्लाह खान शुन्य मै आउट भएपछि टोली […]

Success

Thank you for your time.