default_image

7 years ago

March 11, 2019

खराब प्रदर्शनसँगै सन्दीपको पीएसएल यात्रा टुंगियो

177 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत सिजनको अन्तिम खेलमा मुल्तान सुल्तानसँग खराब प्रर्दशन गरेका छन् ।

समूह चरणको अन्तिम खेलमा सुल्तानले लाहोर कलन्दर्सलाई ७ विकेटले पराजित गरेको छ । १ सय ४१ रनको लक्ष्य पछ्याएको मुल्तानले १२.३ ओभरमा ३ विकेट गुमाउँदै सहज जित हात पार्यो । खराव प्रर्दशन गरेका सन्दीपले २.३ ओभरमा २८ रन खर्चिंदै कुनै विकेट लिन सकेनन् ।

सन्दीपले चौथो ओभरमा १३ रन खर्चिए जसमा ४ रन बाई सामेल थियो । नवौं ओभरको दोस्रो बलमा शन मसुदले चौका र पाँचौ र छैटौं बलमा जोनसन चाल्र्सले छक्का प्रहार गरेपछि महँगो सावित भए । यस ओभरमा उनले १८ रन खर्चिन पुगे । सुरुवाती ओभरमा खराब प्रर्दशन गरेका सन्दीपलाई कप्तान फकार जमानले सुल्तानलाई १ रन चाहिएको अवस्थामा १३ औं ओभरमा बलिङ गर्न लिएका थिए । पहिलो र दोस्रो बलमा डट गराएपनि तेस्रो बलमा १ रन लिदै अफ्रिदीले खेल जिताए ।

सुल्तानको सहज जितमा शन मशुदले २५ बलमा ८ चौका र १ छक्का प्रहार ४८ गर्दै रनमा आउट भए । जोनसन चाल्र्सले २५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४१ रनमा अविजित रहँदा उमर सिद्दीकले १३ र जेम्स भिन्सले २५ आउट भए । लाहोरका लागि डेविड विसा र शाहिन शाह अफ्रिदीले समान एक विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि कराँचीमा टस हारेर ब्याटिङ गर्न मैदान उत्रेको लाहोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४० रन बनायो । लाहोरका लागि कप्तान फकार जमानले ३६ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५३ रन जोडे । त्यस्तै डेविड विसाले २२ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३० रन जोड्दा एलिसा गुणरत्नेले १२ रन जोड्न रहेक बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हसन खान र ह्यारिस रउफ समान ६ रनमा अविजित रहे । मुल्तान सुल्तानका लागि मोहम्मद अब्बासले ३,शाहिद अफ्रिदीले दुई,क्रिस ग्रिन र मोहम्मद इलियासले समान एक विकेट हात पारे । सन्दीपले पिएसएलमा कुल ७ खेलमा ११ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा ५ औं स्थानमा रहँदै अन्त्य गरेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.