default_image

7 years ago

March 15, 2019

ठूलो दुर्घटनाबाट बच्यो बंगलादेश क्रिकेट टिम

185 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्ड टुरमा रहेको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार विहान न्युजिल्याण्डको अल नूर मस्जिदमा गोली चल्दा मस्जिद जान लागेका खेलाडी दुर्घटनाबाट जोगिएका हुन् ।

अज्ञात समुहले चलाएकोे गोलीमा हालसम्म ९ को मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । उक्त मस्जिदमा गालि चलि रहेको बेला वंगलादेश क्रिकेट टोलीपनि त्यहिँनजिक रहेको पाइएको छ । बंगलादेशका ओपनर तमीम इकवालका अनुसार बंगालदेश क्रिकेट टिम भने सुरक्षित छ । इकवालले ट्वीट गर्दै आफुहरु सुरक्षित रहेका जनाएका छन् ।

बंगालदेश तीन टेस्टको दौरानमा अन्तिम खेलको लागि न्युजिल्यान्डमा रहेको छ । टुरका अागामी सबै खेल रद्द भएको जानकारी न्युजिल्यान्ड बोर्डले दिएको छ । न्युजिल्यान्ड प्रहरीले उक्त मस्जिदमा कडा सुरक्षाका साथ घेरेको बताइएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.