7 years ago
March 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न बुधबार दिल्ली जाने भएका छन् ।

आईपीएल २३ मार्च देखी भारतका विभिन्न सहरमा हुँदैछ । सन्दीपको व्यास्वथापन हेर्दै आएका नेपाली राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीले सन्दीप २० मार्चमा दिल्ली जाने हाम्रो खेलकुदलाई जानकारी दिए । सन्दीपको टिम दिल्ली क्यापिटल्सले पहिलो खेल २४ मार्चमा रोहित शर्मा कप्तान रहेको मुम्बई ईन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
सन्दीपले गत वर्ष दिल्लीबाट अन्तिम ३ खेलमा ५ विकेट लिदै सनसनी मच्चाएका थिए । पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका सन्दीप यस पटक भने पहिलो खेलमै पहिलो रोजाइमा पर्ने उच्च संभावना छ । सन्दीपको पारिश्रमीक भने दिल्लीले बढाएको छैन । सन्दीपले २० लाख भारतीय रुपैयाँ नै पाउने छन् ।
ईतिहासमा आईपीएलकै असफल मानिने दिल्ली यस पटक उपाधिको प्रमुख दावेदार पनि मानिएको छ । दिल्ली ३ पटक मात्र प्ले अफ पुग्दा ८ पटक समुह चरणबाटै घर फर्किएको छ । दिल्लीले अहिलेसम्म फाईनलमा पुग्न सकेको छैन । यसपटक उपाधिको प्रमुख दावेदारको रुपमा हेरिएको छ ।
दिल्लीको पूर्ण टिम :
श्रेयर ऐर(कप्तान), सन्दीप लामिछाने, ऋषभ पन्त, अमित मिश्रा, शिखर धवन, पुथ्वी शा, आवेश खान, हर्षल पटेल, राहुल टेवाटिया, जयन्त यादव, मनजोत कालरा, कोलिन मुनरो, कागिसो रवाडा, ट्रेन्ट बोल्ट, हनुमा विहारी, अक्षर पटेल, ईशान्त शर्मा, अन्कुश वेन्स, नाथसिंह, कोलिन इन्ग्राम, शेरफेन रदरफोर्ड, किमो पल र जलज सक्सेना ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]