default_image

7 years ago

March 17, 2019

आईपीएल जित्न सक्ने तीन टिम (भाग १)

188 views

0 Bookmark

एजेन्सी – क्रिकेटको सर्वाधिक लोकप्रिय प्रतियोगिता भनेको विश्वपक नै हो । क्रिकेट खेल्ने जो कोही खेलाडीको सपना आफ्नो राष्ट्रको जर्सीमा विश्वकप खेल्ने हुन्छ । व्यवसायिक क्रिकेटमा भने सर्वाधिक लोकप्रिय प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) लाई मानिन्छ । त्यसैले धेरै खेलाडीको सपना आईपीएल खेल्ने हुने गर्दछ ।

सन् २००८ देखी सुरु भएको आईपीएल १२ औं संस्करण आगमी मार्च २३ देखी भारतका विभिन्न शहरमा हुँदै छ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्ने हुँदा धेरै नेपाली समर्थकको ध्यान दिल्लीतिरै केन्द्रित हुनेछ । आईपीएलमा ८ फ्रेन्चाइज टोली छन् । होम र अवे मैदानमा गरि एक आपसमाको प्रतिस्पर्धापछि शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् ।

एक टिममा अधिकतम २५ जना खेलाडी राख्न पाइन्छ । एक खेलमा अधिकतम ४ विदेशी खेलाउन पाउने आईपीएलको नियम छ । हालसम्म महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किंग्सलाई आईपीएलकै सर्वाधिक सफल र सन्दीप लामिछाने रहको दिल्ली क्यापिटल्सलाई असफल टिम मानिन्छ । १२ औं संस्करणको उपाधि जित्ने लक्ष्य सहित सम्पूर्ण टिम र खेलाडीले कडा मिहेनेत गर्दै अभ्यास अन्तिम अन्तिम चरणमा पुर्याएका छन् ।

कुनै पनि प्रतियोगिता कस्तो हुन्छ भन्ने त्यसको व्यवस्थापन हेरेनै थाहा हुन्छ । त्यस्तै कुन टिम कस्तो छ र प्रतियोगितामा कस्तो प्रर्दशन गर्न सक्छ भन्ने कुरा त्यस टिममा रहेका खेलाडी, ती खेलाडीको पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रर्दशन, युवा खेलाडीले गर्न सक्ने प्रर्दशन र प्रशिक्षकको क्षमतालाई हेरेर भन्न सकिन्छ । त्यसैअनुसार हाम्रोखेलकुद डट कमले आईपीएलको उपाधि जित्ने तीन दावेदार टोलीको विश्लेषण प्रस्तुत गरेको छ । पहिलो भाग :

३. दिल्ली क्यापिटल्स

आईपीएल ईतिहासमा असफल मानिने दिल्ली यस पटक उपाधिको प्रमुख दावेदार टिम हो । दिल्ली ३ पटक मात्र प्ले अफ पुग्दा ८ पटक समुह चरणबाटै घर फर्किएको छ । दिल्लीले अहिलेसम्म फाईनल सम्मको यात्रा तय गर्न सकेको छैन । गत संस्करणमा दिल्लीले १४ खेलमा ९ मा हार र ५ मा जितका साथ पुछारमा रहेर समुह चरणबाटै बाहिरिएको थियो ।

विगतको प्रर्दशन दिल्ली स्वंयम सम्झन चाहदैन । त्यसैले दिल्लीले १२ औं संस्करणअघि आफ्नो नाम, लोगो, जर्सीसाथै केहि खेलाडी पनि परिवर्तन गरेको छ । दिल्ली जिएमआर र जेएसडब्लू ग्रुपको स्वामित्वमा छ । यस पटक दिल्लीले हालसम्मकै सन्तुलित र उत्कृष्ट टोली बनाएको छ । दिल्लीको ओपनर, मध्यक्रम, फिनिसर, स्पिनर र तीव्र गतिको बलिङ सबै बलियो देखिन्छ । खेलाडी अनुसारको प्रर्दशन गर्न सके दिल्लीले उपाधि सहज देखिएको छ । उत्कृष्ट प्रर्दशन गर्दै आईरहेका भारतीय शिखर धवन, पृथ्वी शा र न्युजिल्यान्डका कोलिन मुनराले दिल्लीको ओपनिङ सम्हाल्नेछन् । त्यसैले दिल्लीको ओपनिङ बलियो छ ।

त्यस्तै भारतीय टिमबाट खेलिसकेका हिटर ऋषभ पन्त, कप्तान श्रेयर ऐर तथा कोलिन इन्ग्रामले मध्यक्रम र हर्षल पर्टेल, हनुमा विहारी, अक्षर पटेलले तल्लोक्रम समाल्ने छन् । श्रेयस र पन्तको प्रर्दशन मध्यक्रममा निकै महत्वपूर्ण रहने छ ।

स्पिनरमा सन्दीप र अमित मिश्रा साथै पार्टटाईमको रुपमा अक्षर पटेल र राहुल टेवाटियाले गर्नेछन् । सन्दीपले पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय फ्रेन्चाईज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आइरहेका छन् । आईपीएलमा पनि उत्कृष्ट प्रर्दशन गर्ने आशा राखिएको छ । ट्रेन्ट बोल्ट र कागिसो रबाडाको गतिसँगै दिल्लीको तीव्र गतिको बलिङ झनै बलियो बनेको छ । यसैको कारण दिल्लीले पहिलो पटक उपाधि चुम्न सक्छ ।

दिल्लीको पूर्ण टिम : श्रेयर ऐर(कप्तान), सन्दीप लामिछाने, ऋषभ पन्त, अमित मिश्रा, शिखर धवन, पुथ्वी शा, आवेश खान, हर्षल पटेल, राहुल टेवाटिया, जयन्त यादव, मनाजोत कालरा, कोलिन मुनरो, कागिसो रवाडा, ट्रेन्ट बोल्ट, हनुमा विहारी, अक्षर पटेल, ईशान्त शर्मा, अन्कुश वेन्स, नाथ सिंह, कोलिन इनग्राम, शेरफेन रदरफोर्ड, किमो पल र जलज सक्सेना ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.