7 years ago
March 24, 2019
एजेन्सी – अलराउण्डर आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गरेपछि ईन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा कोलकता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । कोलकताले हैदरावादलाई ६ विकेटले हराउँदै सुखद सुरुवात गरेको हो ।

१ सय ८२ रनको लक्ष्य पछ्याएको कोलकताले २ बल अगाडीनै ४ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । कोलकताको जितमा आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गर्दै मात्र १९ बलमा समान ४ छक्का र चौका प्रहार गर्दै ४९ रनमा अविजित रहे ।
अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा शुभमन गिलले सकिब अल हसनलाई दोस्रो र चौथो बलमा छक्का प्रहार गर्दै खेल जिताए । गिल १० बलमा २ छक्का प्रहार गर्दै १८ रनमा नट आउट रहे ।
ओपनर नितेश रानाले ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ६८ रनको योगदान दिए । क्रिस लिन ७ र रोबिन उथप्पाले २७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३५ रन बनाए । हैदरावादका राशिद खान,सकिब अल हसन,सिद्धार्थ कौल र सन्दीप शर्माले समान एक एक विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।
त्यस अघि इडेन गार्डेन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८१ रन बनायाएको थियो । हैदरावादलाई विशाल योगफल तयार पार्न ओपनर डेविड वार्नरले सानदार ब्याटिङ गरे । वार्नरले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८५ रन बनाएका थिए ।
वार्नरको यो आईपीएलमा पुनरागम खेल समेत हो । बल टेम्परिङ काण्डका कारण वार्नरले गत संस्करणको आईपीएल गुमाएका थिए । वार्नरलाई १६ ओभरको अन्तिम बलमा आन्द्र रसेलले रोविन उथप्पाबाट उत्कृष्ट क्याच आउट गराए ।
वार्नरले जोनी बेयरस्टोसँग पहिलो विकेटका लागि १२।५ ओभरमा १ सय १८ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । १३ ओभरको पाँचौ बलमा पियुष चाहलले बोल्ड आउट गर्नु अघि बेयरस्टोले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए ।
हैदरावादका विजय शंकरले २४ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ४० रनमा अविजित रहे । युसुफ पठान १ र मनिष पान्डेले ८ बटुले । कोलकताका लागि आन्द्रे रसेलले २ र पियुष चाहलले समान एक विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् । हैदरावादले अव २९ मार्चमा राजास्थान रोयल्ससँग खेल्दा कोलकताले २७ मार्चमा किंग्स इलाभेन पञ्जावसँग खेल्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]