एजेन्सी – भारत भ्रमणमा रहको नेपाली यू१९ क्रिकेट टिमले अन्तिम अभ्यास खेलमा आन्द्र स्टेट क्रिकेट यू१९ टिमलाई २ सय २२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २१ रन बनायो । खराव प्रर्दशन गरेको नेपाल कुनै समय ३७ ओभरमा १ सय ३३ रन जोड्न ८ विकेट गुमाउँदै कमजोर अवस्थामा पुगेको थियो । तर तल्लोक्रमका कुशल मल्ल र राशिद खानले नवौं विकेटका लागि ६७ रनको महत्वपूर्ण साझेदारी गदै सम्माजनक योगफल सम्म पुर्याए ।
मल्लले ५७ बलमा समान २ चौका र २ छक्का प्रहार गर्दै ४८ रन जोडे । त्यस्तै राशिद खानले ४० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४१ रन बनाए । पवन सरार्फ ३२,रोहित कुमार पौडेल २२,भिम सार्की १७,रित गौतम १५ र लोकेश बम १२ रनमा आउट भए । अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
स्टेटका लागि जे दुर्गा कुमार,एम माधव र भि कात्तिकले समान २ विकेट लिए । ४ अभ्यास खेलमा नेपालको यो अन्तिम खेल समेत हो । यस अघि पहिलो खेलमा ६२ र तेस्रोमा १ विकेटले विजयी हुँदा दोस्रो खेलमा ७२ रनले पराजित भएको थियो ।