default_image

7 years ago

March 26, 2019

विनोदको अलराउन्ड प्रदर्शनमा ट्रीटन विजयी

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका ओपनर विनोद भण्डारीको अलराउन्ड प्रदर्शनमा ट्रीटन कलेजले गोल्डेन गेट कलेज क्रिकेट लिगअन्तर्गत तेस्रो दिनको खेलमा एडिया केसीसीमाथि १ सय ९ रनको जित दर्ता गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको ट्रीटनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८७ रन जोड्यो । ओपनरद्वय विनोद भण्डारी र आदील खानले पहिलो विकेटका लागि १६.५ ओभरमा १ सय ५६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । आदीलले ३८ बलमा ६ चौका र १ छक्कासहित ५१ रन जोडे । विनोदले प्रतियोगिताकै पहिलो शतक जोड्ने क्रममा ६५ बलमा १ सय ४ रन बनाए । उनले १४ चौका र ३ छक्का प्रहार गरे । उनले ६१ बलमा शतक पुरा गरेका थिए ।

ट्रीटनका लागि अरुण ऐरी २४ रनमा नटआउट रहे । उनले १० बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरे । खडक बोहोराले १ रन जोड्दा विक्रम शोब पहिलो बलमा बोल्ड भए । किरण ठगुन्ना ५ रनमा नटआउट रहे । केसीसीका लागि संजय यादव र सुवास क्षेत्रीले २-२ विकेट हात पारे ।

जवाफमा केसीसीले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमात्र जोड्न सक्यो । दिनेश आग्रीले १५ र विरेन्द्र बमले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । ओपनर रमेश भट्ट १, सन्तोष कुमार साह २ तथा दिपेन्द्र ऐरी १ रनमा आउट भए । ट्रीटनका लागि विनोद भण्डारीले मध्यक्रम धराशायी पार्ने क्रममा ३ विकेट लिए । म्यान अफ द म्याच समेत बनेका उनले ७ रनमा खेलिरहेका ध्रुव पन्थीलाई पनि सिधा थ्रोमा रनआउट गरेका थिए । ट्रीटनका सुमित झाले २ तथा विक्रम सोब, जितेन्द्र यादव, अभिनाश अधिकारी र अरुण ऐरीले १-१ विकेट हात पारे ।

ओमेगा र त्रिभुवन विश्वविद्यालयबीच भएको दिनको दोस्रो खेल वर्षाका कारण रद्द भयो । टस जितेर ब्याटिङ रोजेको ओमेगा ७.३ ओभरमा ४०-३ को स्थितिमा रहँदा खेल वर्षाले बिथोलेको थियो । त्यसपछि वर्षाका कारण खेल सम्भव नहुँदा दुवै टोलीले १-१ अंक बाँडेका छन् ।

युनिभर्सिटी क्रिकेट क्लबको योजनामा जारि प्रतियोगितामा १२ कलेज सहभागी छन् । विजेताले २ लाख २२ हजार २ सय २२ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिसिजले रु २५ हजार र प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान र बलरले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले एक्सटेपको प्रोयाजनमा रु ५ हजार बराबरको जुत्ता प्राप्त गर्नेछन् । ८ दिने प्रतियोगिताका सबै खेलहरु किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ ।

सहभागि कलेजहरुलाई चार समुहमा विभाजन गरिएको छ र राउण्ड रोबिन लिगपछि प्रत्येक समुहको प्रथम स्थान ओगट्ने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल चैत्र १६ गते हुनेछ भने फाइनल चैत्र १७ गतेका लागि तय गरिएको छ ।

समुह क मा अर्किड इन्टरनेशनल कलेज, एडिया कान्तिपुर सिटि कलेज (केसीसी) र ट्रिटन इन्टरनेशनल कलेज रहेका छन् भने समुह बी मा काठमाडौं युनिभर्सिटी, नेपाल बन कलेज र त्रि चन्द्र क्याम्पस रहेका छन् । यस्तै समुह सी मा नेपाल कमर्स क्याम्पस, हिमालय कलेज र शंकर देव क्याम्पस रहेका छन् । समुह डी मा गोल्डेन गेट इन्टरनेशनल कलेज, त्रिभुव बिश्वबिद्यालय र ओमेगा इन्टरनेशनल कलेज रहेका छन् ।

बुधबारको खेल :
एनसीसी विरुद्ध शंकरदेव – ९ बजे
गोल्डेन गेट विरुद्ध ओमेगा – १ बजे

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.