default_image

7 years ago

April 7, 2019

सन्दीपले लिए विकेट

147 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानले विराट कोहली कप्तान रहेको रोयल च्लायेन्जर्स बेंगलोरविरुद्ध पहिलो विकेट लिएका छन् ।

सुरुवाती ३ ओभरमा २७ रन खर्चिदा १ विकेट हात पारेका हुन् । सन्दीपले विकेटका रुपमा इंग्ल्यान्डका अलराउण्डर मोइन अलीलाई आउट गरेका हुन् ।

सन्दीपलाई दिल्लीले १० औं ओभरमा बलिङ गर्न ल्याएको थियो । मार्कस स्टोइनिसले पहलो बलमै स्टेटमा छक्का प्रहार गरे । दोस्रो बल डट गराउँदा तेस्रो बलमा स्टोइसनिसले १ रन लिदै कप्तान विराट कोहलीलाई स्ट्राईक दिए । अन्य तीन बलमा सन्दीपले तीन रन खर्चिए । सम्रगमा १० रन यस ओभरमा खर्चिए ।

१२ औं ओभरमा सन्दीपले ६ रन खर्चिए तर विकेट लिन सकेनन् । कोहलीले पहिलो,तेस्रो र पाँचौ तथा अलीले दोस्रो,चौथो र छैटौं बलमा १-१ गरि सिंगल रन जोडे ।

१५ ओभरको पहिलो बलमा अलीले सन्दीपलाई छक्का प्रहार गरे । सन्दीपले दोस्रो बल डट गराउँदा तेसा्रे बलमा विकेटकीपर ऋषव पन्तबाट स्टम्पिङ आउट गराउँदै आफ्नो नाममा १ विकेट लेखाए । चौथो बलमा अक्षदिपले चौका प्रहार गरे । पाँचौ बल डट गराउँदा छैटौं बलमा १ रन खर्चिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.