default_image

10 years ago

May 2, 2016

मुद्दा फिर्ता लिन राखेपको प्रस्ताव

152 views

0 Bookmark

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गर्नुमा राष्ट्रिय खेलकु परिषद् (राखेप) दोष नरहेको सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् ।
can nilamban prss bigyapti
आइसिसीले क्यान निलम्बन गरे ठिक एक सातामा सोमबार पत्रकार सम्मेलन गर्दै राखेप सदस्य सचिव विष्टले विवाद समाधानका लागि नयाँ विकल्प अघि सारेका छन् । उनले निर्वाचित क्यानले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा फिर्ता भएमा नयाँ ढंगले अघि बढ्न सकिने तर्क गरेका छन् । उहाँहरुले दायर गरेको मद्दा अदालतमा विचाराधिन रहेकाले राखेपले गठन गरेको तदर्थ समिति भंग गर्न मिल्दैन उनले भने, मुद्दता फिर्ता गरेको खण्डमा नयाँ क्यान गठन गर्न हामी तयार छौं ।
राखेपले स्वीकृति नदिएपछि संघ अवैद्यानिक हुने ठहरसहित मंसिर २९ क्यानले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । निर्वाचनलाई मान्यता दिन नसकिने भन्दै राखेपले पुस २४ गते रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।
निर्वाचित समितिले पुस २८ मा तदर्थ समिति, राखेप, सरकारसहितलाई विपक्षी बनाउँदै मुद्दा र्दा गरेपछि क्यानको आधिकारिकता विवाद चुलिएको थियो । आधिकारिकता विवादको अन्तिम टुंगो नलागी आइसिसीले गत सोमबार क्यानलाई निलम्बन गरेको थियो ।
त्यसपछि निलम्बनको दोष एकअर्कालाई लगाउने क्रम सुरु भएको थियो । निर्वाचित समितिले तीन दिन अघि राखेपले प्रस्ताव ल्याएको खण्डमा लतकता देखाउने भन्दै पत्रकार सम्मेलन गरेको थियो । त्यसको जवाफ दिने क्रममा राखेप सदस्य सचिव विष्टले सोमबार भने, दुवै पक्षका पदाधिकारी र त्यसमा नभएकालाई समेत समेटेर नयाँ क्यान बनाउन सकिन्छ । त्यसरी पनि स्थिति सहज हुन्न भने चुनावको वातावरण तयार गर्नका लागि समिति बनाउन पनि राखेप तयार छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.