default_image

7 years ago

April 9, 2019

उपाधि दावेदार चेन्नई र कोलकाता भिड्दै

150 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल)को २३ औं खेलमा आज उपाधिका दावेदारका रुपमा हेरिएका कोलकता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार बेलुका ८ : १५ देखि हुने खेल चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियमा हुनेछ । चेन्नई महेन्द्र सिंह धोनी र कोलकता दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रनेछन् । यी दुवै टोली पाँचौ जितको खोजिमा छन् । चेन्नई घरेलु मैदानको फाइदा उठाउन चाहान्छ ।

दुवैले जारी आईपीएलमा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । आन्द्रे रसेलले विष्फोटक ब्याटिङ गर्दै कोलकातालाई कठिन अवस्थामा पनि सहज जित दिलाउँदा उपाधिको दावेदारको रुपमा आफूलाई प्रस्तुत गरेको छ । रसेललाई रोक्न घरेलु मैदानमा चेन्नईका बलरलाई निकै चुनौतिपूर्ण हुने देखिन्छ । त्यस्तै क्रिस लिन, सुनिल नारायण, नितिश राना, कप्तान दिनेश कार्तिक पनि राम्रो लयमा छन् । बलिङतर्फ स्पिनर कुलदिप यादव, प्रसिद्ध कृष्णा, पियुष चवाला, ह्यारी गर्नीको प्रर्दशन पनि उत्कृष्ट छ ।

यता अनुभवी खेलाडीले भरिएको चेन्नईमा कप्तान धोनीसँगै केदार जाधव,फाफ डु प्लेसिस र शेन वाटशन लयमा छन् । कप्तान धोनीले आफैं पनि उत्कृष्ट फिनिसिङ गर्दै आएका छन् । त्यस्तै रविन्द्र जडेजा, हरभजन सिंह, इमरान ताहिर र दिपक चाहारले निरन्तर विकेट लिइरहेका छन् ।

आईपीएलमा यी दुई टोलीबीच हालसम्म २१ खेल भएको छ । जसमा चेन्नई १२ खेलमा विजयी हुँदा ८ खेलमा पराजित र १ खेल नतिजाविहिन छ । यी दुईबीच अंक तालिकामा पनि कडा प्रतिस्पर्धा छ । कोलकता र चेन्नईले समान ५ खेल खेलेका छन् । जसमा समान ४ मा जित र १ मा हारका साथ ८ अंक जोड्दै कोलकता नेट रनरेटका आधारमा शीर्षस्थानमा रहँदा चेन्नई दोस्रो स्थानमा छ । आजको खेलमा चेन्नई विजयी भएको खण्डमा शीर्षस्थानमा समेत उक्लिने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.