7 years ago
April 10, 2019
एजेन्सी – एकदिवसिय विश्वकप आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुँदैछ ।

विश्वकप नजिकिएसँगै सबै टोलीले आफ्नो अन्तिम १५ सदस्य टोली घोषणा गर्ने तयारीमा छन् । कुन टिममा कुन खेलाडी पर्छन भन्ने सबैलाई कौतुहलता पनि छ । न्युजिल्यान्डले विश्वकप खेल्ने आफ्नो १५ सदस्य टोली घोषणा गरि सकेको छ । यसै क्रममा क्रिकेट अष्ट्रेलियाले विश्वकको लागि आफ्नो जर्सी सार्वजनिक गरेको छ ।
समर्थकहरुको भोटको आधारमा अष्ट्रेलिया क्रिकेटले विश्वकपको लागि आफ्नो जर्सी सार्वजनिक गरेको हो । अष्ट्रेलियाले ७ जर्सी मतदानको लागि राखेको थियो । जसमा सन् १९९९ को विश्वकपको जर्सी समर्थकहरुले अत्याधिक मन पराएपछि अष्ट्रेलियाले यहि जर्सी आगमी महिना हुने विश्वकपको लागि छनोट गरेको जनाएको छ । उक्त जर्सीमा पहेंलो र हरियो रंगको सम्मिश्रण रहेको छ ।
सन् २०१५ विश्वकपको च्याम्पियन अष्ट्रेलिया पछिल्लो समय उत्कृष्ट प्रर्दशन गरिरहेको छ । भारतकै भुमिमा भारतलाई ३-२ र पाकिस्तानलाई ५-० ले हराउँदै वान डे सिरिज जितेको अष्ट्रेलियाको मनोबल उच्च हुनुका साथै उपाधि दावेदार टिमको रुपमा पनि हेरिएको छ ।
अष्ट्रेलिया पछिल्ला ८ ओडीआई खेलमा अपराजित छ । कप्तान आरोन फिन्च, शन मार्श, उस्मान खवाजा, ग्लेन म्याक्सवेल, एस्टन टर्नर, पिटर हेन्डस्कम्ब, मार्कस स्टोइनिस लगायतका खेलाडी राम्रो लयमा छन् । त्यस्तै एक वर्षे प्रतिबन्धमा परेका डेविड वार्नरले भारतमा जारी आईपीएलमा सुरुवाती ६ खेलमा १ शतक ३ अर्धशतक प्रहार गर्दै सर्वाधिक रन बनाउने खेलाडीमा शीर्षस्थानमा छन् । जसले अष्ट्रेलियाको मनोवल झनै उच्च छ । स्टिभ स्मिथ पनि लयमा देखिन्छन् ।
विश्वकपमा अष्ट्रेलियाको खेल तालिका :
जुन १ मा अफगानिस्तान
जुन ६ मा वेस्ट इन्डिज
जुन ९ मा भारत
जुन १२ मा पाकिस्तान
जुन १५ मा श्रीलंका
जुन २० मा बंगलादेश
जुन २५ मा इंग्ल्यान्ड
जुन २९ न्युजिल्यान्ड
जुलाई ६ मा साउथ अफ्रिका
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]