default_image

7 years ago

April 9, 2019

कोलकतालाई हराउँदै चेन्नई शीर्षस्थानमा

175 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राती सम्पन्न २३ औं खेलमा कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । १ सय ९ रनको सामान्य लक्ष्य पछ्पाएको चेन्नईले १७.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा फाफ डु प्लेसिसले ४५ बलमा ३ चौका सहित ४३ र केदार जाधव ८ रनमा अविजित रहे ।

दोस्रो ओभरको दोस्रो बलमा सुनिल नारायणको बलमा पियुष चवलाले क्याच गर्नु अघि ओपनर शेन वाटशनले ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रनको योगदान दिए । नारायणलेनै पाँचौ ओभरको अन्तिम बलमा चवलाको हातबाट क्याच गराउँदै सुरेश रैनालाई १४ रनमा पेभिलिएन फर्काए । आम्बाती रायडू २१ रनमा आउट भए ।कोलकताका लागि सुनिल नारायणले २ र पियुष चवलाले १ विकेट लिन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यस अघि चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रन बनायो । कोलकताका लागि आन्द्रे रसेलले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५० रनमा अविजित रहे पनि एक्लो प्रयास जितको लागि प्राप्त भएन । अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । रसेलले अन्तिम ओभरमा स्कर्ट कुग्गेलेजइनलाई २ चौका र १ छक्का प्रहार गर्दै कुल १५ रन बटुले ।

कुनै समय ४७–६ को कमजोर अवस्थामा पुगेको कोलकतालाई आन्द्रे रसेल र पियुष चवलाले २९ रनको साझेदारी गर्दै उद्धार गर्न खोजेका थिए । तर १६ ओभरको तेस्रो बलमा चवलालाई हरभजन सिंहले महेन्द्रसिंह धोनीबाट ८ रनमा स्टम्पिङ आउट गरेपछि कोलकता सस्तैमा समेटिएको हो । रसेलले एक तर्फबाट रन जोड्दा अर्को तर्फबाट निरन्तर विकेट गुमि रह्यो ।

कोलकताले सुरुवात देखिनै खराव प्रर्दशन गर्यो । पहिलो ओभरको अन्तिम बलमा दिपक चाहरले क्रिस लिनलाई शून्यमा एलवी डब्लू आउट गरे । लगत्तै दोस्रो ओभरको पाँचौ बलमा हरभजन सिंहले सुनिल नारायणलाई ६ रनमा चाहरबाट क्याच आउट गराए । तेस्रो ओभरको तेस्रो बलमा चाहरले आम्बाती रायडूबाट क्याच गराउँदै नितेश रानालाई शून्यमा पेभिलिएन फर्काए । पाँचौ ओभरको चौथो बलमा चाहरले रबिन उथाप्पालाई केदार जाधवबाट ११ रनमा आउट गरेपछि कोलकता २४–४ को कमजोर अवस्थामा पुग्यो ।

इमरान ताहिरले नवौं ओभरको चौथो बलमा कप्तान दिनेश कार्तिकलाई १९ रन र ११ ओभरको पहिलो बलमा सुभमन गिलाई ९ रनमा आउट गरेपछि ४७–६ को कमजोर अवस्थामा पुग्दै एक सय रन बनाउन पनि मुश्किल पर्ने कमजोर अवस्थामा पुगेको थियो । कोलकताको निरन्तर विकेट गुम्ने शिलशिला जारी रह्यो । कुनै पनि ब्याट्सम्यानले मैदानमा टिकेर रन बनाउन सकेनन् ।

कोलकतालाई सस्तैमा समेट्न चेन्नईका दिपक चाहरले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा २१ रन खर्चेर २, हरभजन सिंहले ४ ओभरमा १५ रन खर्चेर २ र रविन्द्र जेडेजाको नाममा १ विकेट रह्यो ।

यो जितसँगै चेन्नई ६ खेलमा ५ मा जित र १ मा हारका साथ १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । कोलकता ६ खेलमा ४ मा जित २ मा हारका साथ दोस्रो स्थानमा रहँदा किंग्स इलाभने पन्जाव ६ खेलमा ४ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा यथावत छ । सनराइजर्स हैदरावाद ६ खेलमा समान ३ मा जित र हारका साथ चौथो स्थानमा छ ।

कोलकताले आफ्नो सातौं खेल १२ अप्रिलमा सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्ससँग खेल्ने छ । त्यस्तै चेन्नईले ११ अप्रिलमा राजस्थान रोयल्ससँग भिड्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.