default_image

7 years ago

April 10, 2019

कर्णाली प्रिमियर लिग वैशाखमा

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको कणार्ली प्रिमियर लिग(केपीएल) मा ८ टोलीले प्रतिसप्रर्धा गर्ने भएका छन् । दोस्रो संस्करणको केपीएल आगमी बैशाख १२ गते देखी २१ (२५ अप्रिल देखी ४ मे) सम्म सुर्खेतमा चल्ने छ ।

१० दिन सम्म चल्ने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी, लालिगुरास क्रिकेट एकेडमी, मध्यपश्चिम क्रिकेट क्लब, कर्णाली ११ र हिमालयन क्रिकेट एकेडमीको सहभागिता रहने आयोजक केपीएलले जनाएको छ ।

प्रतियोगितामा हरेक टिमले चाहेको खण्डमा दुई विदेशी खेलाडी राख्न सक्नेछन् । हरेक टोलीले एक अर्कासँग प्रतिसप्रर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनल पुग्ने छन् । आयोजकले पुरस्कार राशी भने खुलाएको छैन । केहि दिनमै पुरस्कार राशी सार्वजनिक गर्ने जनाएको छ । प्रतियोगितामा राष्ट्रिय टिमबाट खेली सकेका खेलाडीको पनि खेल्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.