7 years ago
April 10, 2019
एजेन्सी – क्रिकेटको सर्वाधिक ठूलो पुस्तक विजडनले हरेक वर्ष प्रदान गर्ने विजडन अल्मानक क्रिकेटर अफ द ईयर २०१८ को अवार्ड भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले जितेका छन् । कोहलीले लगतार तेस्रो पटक लिडीङ क्रिकेटर अफ द इयर अवार्ड पाएका हुन् ।

यसअघि कोहली सन् २०१६ र सन् २०१७ मा पनि यहि अवार्डबाट सम्मानित भएका थिए । २०१८ मा कोहलीले टेस्ट क्रिकेटमा उत्कृष्ट प्रर्दशन गरेका थिए । कोहलीकै उत्कृष्ट प्रर्दशनमा अष्ट्रेलियन भुमिमा पहिलो पटक भारतले टेस्ट सिरिज जितेको थियो ।
कोहलीले सन् २०१८ मा तीन फर्म्याट क्रिकेटमा गरि कुल २ हजार ७ सय ३५ रन जोडेका थिए । कोहलीसहित पाँच क्रिकेटरको सुचिमा स्याम करन, जस बटलर, रोरी बर्न्स तथा महिला खेलाडी ट्यामी ब्यूमोन्ट रहेका छन् ।
करन र बर्न्सले सर्रेलाई सन् २००२ पछि पहिलो पटक काउन्टी क्रिकेट जिताएका थिए । बटलरले इंग्ल्यान्डका लागि पछिल्लो वर्ष उत्कृष्ट ब्याटिङ गरेका थिए । ब्युमन्टले महिला टि-२० मा सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान कायम गरेकी हुन् । उनले ४७ बलमा शतक बनाएकी थिइन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]