default_image

7 years ago

April 10, 2019

दुई प्रदेशमा ब्रम्हास्मी ट्यालेन्ट हन्ट सम्पन्न

138 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद) – प्रदेश नम्वर ६ र ७ मा नेक्सस क्रिकेट एकेडेमीको आयोजना तथा ब्रम्हास्मी कलेजको मुख्य प्रायोजनमा हुने एसईई कप २०७६ का ट्यालेन्ट हन्टको प्रारम्भिक छनोट सम्पन्न भएको छ ।

देशभर ट्यालेन्ट हन्ट गरी प्रतिभावान युवा खेलाडीहरुको खोजीमा मेची महाकाली अभियानमा जुटेको टिम नेक्ससले प्रदेश ७ को धनगढी, महेन्द्रनगर र प्रदेश ६ को वीरेन्द्रनगरबाट २१ खेलाडी छनौट गरेको हो ।

धनगढी छनौट केन्द्रबाट अभिषेक कुवँर, गोबिन्द बिष्ट, डबल ऐर, हिमांशु भट्ट, बद्री भण्डारी, सुनिल भण्डारी, किशोर आचार्य, बिबेक न्यौपाने र ईन्द्र देउवाले प्रारम्भिक चरणमा स्थान बनाउन सफल भए ।

महेन्द्रनगरबाट प्रशान्त कार्की, दिलिप धानुक, प्रेम बोहोरा, गौतम बडु, हरिश पन्त, रोबिन क्षेत्री, उमेश बुढा, धिरेन्द्र ठाकुर र महेन्द्र ठगुन्ना छनोट भए । सुर्खेतबाट सुरज बुढाथोकी, मोहन गुरुङ र सुमित माझी छनोट हुन सफल भए ।

हरेक छनोट केन्द्रमा स्थानिय संयोजक, प्रशिक्षक र नेक्सस क्रिकेट एकेडेमीका उपाध्यक्ष प्रबल गौतम सदस्य रहेको ३ सदस्यीय छनौट समितिले ट्यालेन्ट हन्ट बाट खेलाडी छनोट गरेको हो ।
चैत्र २२ गते देखी शुरु भएको ब्रम्हास्मी ट्यालेन्ट हन्ट बैशाख १६ गतेसम्म देश भरका १२ स्थानमा हुनेछन् । १२ छनौट केन्द्रबाट १०० खेलाडी छनोट गरि काठमाडौंमा बैशाख १८ गते देखी २४ गते सम्म बन्द प्रशिक्षण गराइनेछ ।

बन्द प्रशिक्षणबाट अन्तिम ४८ जना खेलाडी छनोट गरिनेछ । ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडी सम्मिलित ८ टिमको सहभागितामा एक दिबसीय एसईई प्रतियोगिता सम्पन्न गरिने आयोजक नेक्सस क्रिकेट एकेडेमीकी प्रबन्धक सरस्वती शाहीले जानकारी गराइन् ।

कलेजले ट्यालेन्ट हन्टमा सहभागी सबै खेलाडीहरुलाई आंशिक तथा एसईई कपमा उत्कृष्ट प्रदर्शन गर्ने १४ खेलाडीलाई पुर्ण छात्रवृत्तिमा अध्ययन गराउने कलेजका एकेडेमिक निर्देशक सुनन्द रेग्मीले जानकारी गराए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.