default_image

7 years ago

April 11, 2019

बलियो चेन्नईको सामना गर्दै राजस्थान

141 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखि राजस्थानको घरेलु मैदान जयपुरमा सुरु हुनेछ ।

यस अघि चेन्नईको घरेलु मैदानमा भएको खेलमा राजस्थान ८ रनले पराजित भएको थियो । राजस्थान हारको बदला लिन चाहादा चेन्नई जितलाई निरन्तरता दिन चाहन्छ । जारी आईपीएलमा अनुभवि खेलाडीले भरिएको चेन्नई बलियो देखिएको छ ।

चेन्नईले सूरुवाती ६ खेलमा ५ मा जित र १ मा हारका साथ १० अंक जोड्लै शीर्ष स्थानमा छ । राजस्थानले भने कमजोर प्रर्दशन गर्दै सुरुवाती ५ खेलमा ४ खेलमा पराजित हुँदा १ जित निकाल्दै २ अंकका साथ अंक तालिकामा ७ औं स्थानमा छ । अघिल्लो चरणको संभावना कायमै राख्न राजस्थानलाई पनि आजको खेल जित्नै पर्ने दवाव छ । आजको खेलमा पराजित भएको खण्डमा राजस्थानको अघिल्लो चरणको यात्रा कठिन बन्ने छ ।

जारी आईपीएलमा चेन्नइका हरभजन सिंह,दिपक चाहर,इमरान ताहिर,रविन्द्र जडेजाले उत्कृष्ट बलिङ गरि रहेका छन् । त्यस्तै ड्वेन ब्राभो,आफ डु प्लेसिस,महेन्द्रसिंह धोनी र शेन वाट्शन पनि राम्रो लयमा छन् । यता राजस्थानका जोफ्रा आर्चर,श्रेयस गोपाल,कृष्णाप्पा गौतम,जस बटलर र कप्तान अजिंक्या रहाणे,सन्जु स्यामसन ले राम्रो प्रर्दशन गरि रहेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.