default_image

7 years ago

April 11, 2019

वुमन्स च्याम्पियन्स लिग जेठमा

124 views

0 Bookmark

काठमाडौं – क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना गर्ने वुमन्स च्याम्पियन्स टी ट्वान्टी लिग आगमी जेठमा हुने भएको छ । आयोजकले एक प्रेस विज्ञप्ती जारी गर्दै आगमी जेठ ३ देखि ११ गतेसम्म टियू क्रिकेट मैदानमा हुने जनाएको छ ।

यसअघि आयोजकले वुमन्स च्याम्पियन्स लिग चैत २२ गतेबाट ३० गतेसम्म हुने घोषणा गरेको थियो । तर प्राविधिक कारणले गर्दा तोकिएको समयमा गर्न नसकिने आयोजकले जनाएको छ । च्याम्पियन्स लिगमा विभिन्न ५ शहरका ५ फ्रेन्चाइजी टोली सहभागिता रहने छ । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ ।

प्रतियोगितामा सहभागि टोली, मार्की खेलाडी र लोगो आयोजकले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै सार्वजनिक गर्दैछ । लिगमा शीर्ष दुई स्थान हात पार्ने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले गत असोजमा पोखरा प्रिमियर लिग प्रतियोगिता पनि गरेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.