default_image

7 years ago

April 11, 2019

यू१९ विश्वकप छनोट : बलियो नेपाल, अपरिचित प्रतिद्वन्द्वी

150 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

आईसीसी यू१९ विश्वकप एक दिवसिय एसिया छनोट प्रतियोगिता शुक्रबारदेखि मलेसियामा सुरु हुँदैछ । ६ दिन सम्म चल्ने प्रतियोगितामा ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । कुल १५ खेल हुँदा शीर्षस्थानमा रहन सफल हुने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्न पाउनेछ ।

प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । राष्ट्रिय टोलीबाट खेलिसकेका र घरेलु फ्रेन्चाईज लिगमा उत्कृष्ट प्रर्दशन गरिरहेका खेलाडीको बाहुल्यता रहेको नेपाल अन्य देशको तुलनामा विश्वकपमा छनोट हुन बलियो र प्रमुख दावेदार टोली हो ।

अप्रिल ६ मा मलेसिया जानु अघि नेपाली यू१९ टोलीले भारतीय आन्द्र स्टेट क्रिकेट टिमसँग ६ अभ्यास खेल खेलेको थियो । जसमा ४ खेलमा विजयी हुँदा २ खेलमा भने हार ब्यहोयो । नेपालले खेलेका सबै अभ्यास खेलमा २ सय रन कटाएको थियो । अभ्यासको प्रर्दशनले सधैं कमजोर मानिने ब्याटिङ यसपटक भने बलियो रहेको पुष्टि गरेको छ ।

यू१९ नेपाली टोलीका प्रमुख खेलाडीमध्यका भीम सार्की पनि यसपटक ब्याटिङ बलियो रहेको बताउँछन् । ‘यस पटक हाम्रो ब्याटिङ ८-९ नम्बरसम्म छ । धेरै अनुभवी खेलाडी छन् । त्यसले गर्दा यस पटक हाम्रो बलियो पक्ष्य भनेको नै ब्याटिङ हो । राम्रो प्रदर्शन गर्दै विश्वकप खेल्नेमा हामी विश्वस्त छौं,’ भीमले भने ।

नेपाली राष्ट्रिय सिनियर टोलीबाट पवन सरार्फ, कप्तान राहित कुमार पौडेल र सन्दीप जोराले खेलिसकेका छन् । भीमले यूएईसँगको सिरिजका लागि १६ सदस्य टोलीमा परेपनि डेब्यू भने गर्ने मौका पाएनन् । नेपाली टोलीमा रहेका प्रतिस जिसी र अभिषेक बस्नेत बाहेक अन्य सबै खेलाडीमा घरेलु फ्रेन्चाइज लिगको अनुभव छ ।

सन्दीप जोरा, पवन सर्राफ र रोहितकुमार पौडेल

सबै खेलाडीहरु विश्वकप खेल्नेमा आत्माविश्वासी छन् । राष्ट्रिय टोलीमा राम्रो छाप छोडी सकेका र पहिलो पटक यू१९ कप्तानी भूमिका पाएका रोहित कुमार पौडेल पनि विश्वकप खेल्नेमा ढुक्क छन् । रोहित पहिलो कप्तानीमै नेपाललाई विश्वकप खेलाउन त्यतिकै आतुर पनि देखिन्छन् ।

प्रशिक्षक विनोद दास भने विपक्षी टिमलाई कमजोर आक्दैनन् । दासका अनुसार कुन टोली कस्तो छ त्यो थाहा छैन । यू१९ क्रिकेटमा खेलाडी एक-एक वर्षमा परिवर्तन हुने हुँदा विपक्षी कस्तो छ भन्ने थाहा नहुने दासको तर्क छ । अझ यूएई, ओमान र कुवेतमा भारत र पाकिस्तानबाट गएका खेलाडीहरु खेल्ने हुँदा केहि भन्न नसकिने दासको भनाई छ । प्रशिक्षक दासका अनुसार नेपाल सहभागी टोलीलाई हराउन भने पूर्ण रुपमा तयार छ ।

नेपालले पहिलो खेल शुक्रबार सिंगापुरसँग खेल्ने छ । सिंगापुर नेपाल भन्दा तुलानात्मक रुपमा कमजोर टोली हो । सिंगापुरमाथि नेपाल निरन्तर रुपमा हाबी हुँदै आएको छ । शनिवार नेपालको प्रमुख प्रतिद्वन्द्वी मानिएको यूएईसँग भिड्ने छ । यूएई र नेपालबीच पछिल्लो समय गत वर्ष भएको एसीसी यू१९ एसिया कप क्रिकेटमा भिडेका थिए । यूएईले प्रस्तुत गरेको २ सय ६९ रनको लक्ष्य नेपालले रोहित कुमार पौडेलको ९२ र सन्दीप जोराको ६७ रनमा ३ बल अगाडीनै ७ विकेटको क्षतिमा पुरा गरेको थियो । यस पटक रोहित कप्तान हुँदा जोरा प्रमुख ब्याट्सम्यान हुन् ।

नेपालले सोमबार मलेसियासँग खेल्ने छ । नेपाल मलेसियासँग अहिले सम्म पराजित भएको छैन । तर मलेसियाले पछिल्लो समय यू१९ क्रिकेटमा भने राम्रो सुधार गरेको छ । नेपालले मंगलबार ओमान र बिहीबार कुवेतसँग खेल्दै यस प्रतियोगिता सकाउने छ । ओमान र कुवेत दुवै नेपालभन्दा तुलानात्मक रुपमा कमजोर टोली हुन् । पाँच खेलपछि शीर्षस्थानमा रहन सफल भए नेपालले आठौंपटक यू१९ विश्पकप खेल्ने छ ।

नेपाल यू१९ टोलीले सन् २०१८ सेप्टेम्बरमा बंगलादेशमा भएको एसीसी एसिया कपपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । जुन प्रतियोगितामा नेपालले ब्याटिङ बलियो बनाउन राष्ट्रिय टिमका रोहित कुमार पौडेललाई सिनियर टोलीबाट यू१९ टोलीमा लगिएकोे थियो । एसिया कप अघि नेपालले अगस्टमा भारतमा भारत यू-१९ को ए र बी तथा अफगानिस्तान यू-१९ सँग एकदिवसिय सिरिज पनि खेलेको थियो ।

हालसम्म नेपालले यू१९ विश्वकप ७ पटक खेलेको छ । सन् २००० मा श्रीलंकामा भएको यू१९ विश्वकपमा नेपालको पहिलो सहभागिता थियो । नेपालले त्यसपछि सन् २००० देखि २००८ सम्म लगातार पाँच पटक तथा सन् २०१२ र २०१६ मा यू १९ विश्वकप खेलेको थियो । नेपाली खेलाडी र ती खेलाडीको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रर्दशन हेर्दा नेपालले सन् २०२० को विश्वकपमा नेपाली झण्डा फरफराउने पक्का जस्तै देखिन्छ ।

नेपाललाई सधैं बाधक बन्दै आएको अफगानिस्तन यसपटक नहुँदा अझ सहज छ । विश्वकप खेल्नको लागि सबै खेलाडी मैदानमा जिम्जेवारका साथ भने खेल्न भने आवश्यक छ । नेपाली समर्थक र सुभचिन्तक पनि त्यसैकै प्रतिक्षामा छन् ।

नेपाली टोली : रोहित कुमार पौडेल(कप्तान), सन्दीप जोरा, भीम सार्की, राशिद खान, रित गौतम, सुर्य तामाङ, पवन सरार्फ, प्रतिस जिसी, अभिषेक बस्नेत, हरि बहादुर चौहान, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमलसिंह ऐरी ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.