7 years ago
April 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस-सुन्तली फाउन्डेसनद्धारा निमार्णधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण सहयोगार्थ आयोजना गर्न लागेको मैत्रीपूर्ण क्रिकेट ‘मातृभूमि कप’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

चैत ३० गते शनिबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा दुई खेल हुनेछन् । नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लको टिमबीच मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट हुनेछ । पारस खड्काले राष्ट्रिय टिम ‘ए’ र ज्ञानेन्द्र मल्लले राष्ट्रिय टिम ‘बी’ को कप्तानी गर्नेछन् । खेल अघिल्लो शनिबार हुने भनिएपनि वर्षाका कारण खेल स्थगित गरिएको थियो ।
मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट अझ रोचक बनाउन दर्शकहरुको लागि कलाकार ‘ए’ र कलाकार ‘बी’ बीच पनि प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ । उक्त खेल १०-१० ओभरको हुने बताईएको छ । टोली ‘ए’ को कप्तानी मदनकृष्ण श्रेष्ठ र टोली ‘बी’ को हरिवंश आचार्यले कप्तानी गर्नेछन् ।
धुर्मुस – सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले दर्शकले काटेको टिकट खेर नजाने बताएका छन् । बिहीबार टियू मैदानमा अभ्यास क्रममा भेटिएका धुर्मुसले भने, ‘शनिबार परेको हुँदा धेरै भन्दा धेरै खेलप्रेमीहरु त्यो दिन उपस्थित हुनुने छ भन्ने आसा गरेका छौं । ३ सय रुपैयाँको टिकट काटेर खेल हेर्न सक्नुहुने छ । तपाईले काटेको टिकट जस्ताको त्यस्तै रंगशालालाई जाने हो, यहाँ कुनै लप्पन-छप्पन र भ्रष्टचार हुँदैन,’ उनले थपे, ‘राष्ट्रका लागि केहि न केहि योगदान पुर्याउँ भन्ने सबै नेपाली नागरिको चाहाना हुन्छ । त्यो पुरा गर्ने यो एउटा अवसर पनि हो ।’ धुर्मुसले एक स्वतन्त्र व्यक्तिले थालेको अभियानमा सबै नेपाली दाजुभाई दिदि बहिनी, खेलप्रेमी, शुभचिन्तक जोडीन आवश्यक रहेको बताए ।
त्यस्तै धुर्मुसले भरतपुरमा प्राम्भिक चरणका कामहरु लगभग सम्पन्न भईसकेको बताएका छन् । केहि दिन भित्रमा मैदानको काम पनि थालिने उनले जानकारी दिए । ‘जुन दिन घोषणा गर्यौ, अर्को दिनदेखि नै निरन्तर यहि अभियानमा छौं । यो अभियानलाई समयमा नै सम्पन्न गर्न दत्तचित्त भएर लागेका छौं । अहिलेसम्म साढे पाँच करोड देखी ६ करोड सम्म जुटेको छ । यस बारे हाम्रो छुट्टै लेखा र प्राविधिक टोलीले केहि दिनमा सबै खर्च विवरण सार्वजनिक पनि गर्नेछ,’ उनले भने ।
धुर्मुसले बाँकी रकमको लागि देश तथा विदेशमा विभिन्न कार्यक्रम र अभियान चलाईरहेको बताए । उक्त रंगशाला निमार्णको लागि करिव ३ अर्व लाग्ने अनुमान गरिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]