default_image

7 years ago

April 15, 2019

मलेसियामाथि नेपालको सहज जित

147 views

0 Bookmark

एजेन्सी – नेपालले आईसीसी यू१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियामाथि सहज जित हात पारेको छ । नेपाल ८ विकेटले विजयी भएको छ ।

सामान्य ९३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै पुरा गर्यो । नेपालको सहज जितमा ओपनर रित गौतमले ४५ बलमा ५ चौका प्रहार गर्दै ३९ रनमा अविजित रहे । छक्का हान्दै खेल जिताएका कप्तान रोहित कुमार पौडेल १ बलमा ६ रनमा अविजित रहे । पवन सरार्फले १४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रनमा आउट भए । आशिफ शेखले १८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २६ रनमा आउट भए । मलेसियाका लागि अफीक सयाकीर र स्युक्री मडेलीले समान १ विकेट लिए ।

त्यसअघि क्वालालाम्पुरमा टस हारेर ब्याटिङ थालेको मलेसियाले ३३.५ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटिएको थियो । मलेसियाका लागि इज्जत ड्यानियल फिक्रीले सर्वाधिक ३७ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । कुशल मल्लले २१ ओभरको चौथो बलमा क्याच गराउनु अघि ड्यानियलले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । नेपाली बलरको कसिलो बलिङ सामु मलेसियाका ८ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिलो ओभरको तेस्रो बलमै कमलसिंह ऐरीले ओपनर असलम खानलाई हरि बहादुर चौहानबाट शून्यमा क्याच गराए । ऐरीलेनै पाँचौ ओभरको दोस्रो बलमा अर्का ओपनर वान रुमीरुललाई रित गौतमबाट ७ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए । कप्तान मोहम्मद अमिरलाई १३ ओभरको पहिलो बलमा पवन सरार्फले १३ रनमा बोल्ड आउट गरे । १७ ओभरको अन्तिम बलमा विजयी उन्निलाई ४ रनमा कुशल मल्ले एलीवी डब्लू धराप पारेपछि मलेसियाको विकेट निरन्तर गुमि रह्यो ।

मलेसियालाई सस्तैमा पवन सरार्फले ८.५ ओभरमा १ मेडन १३ सहित रन खर्चेर ३ विकेट लिए । त्यस्तै कुशल मल्लले ८ ओभरमा २ मेडन सहित २० रन खर्चेर ३,कमलसिंह ऐरी २ र सागर ढकालले १ विकेट हात पारे ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा यूएईसँग १ रनले पराजित भएपछि नेपालको विश्वपको यात्रा कठिन बनेको छ । नेपाल बाँकी दुबै खेलमा फराकिलो अन्तरले विजयी भए र यूएई सिंगापुर र ओमान मध्य एक टोलीसँग पराजित भएको खण्डमा मात्र नेपाल विश्वकप खेल्न पाउने छ । नेपालले आफ्नो चौथो खेल मंंगलबार ओमानसँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.