7 years ago
April 17, 2019
एजेन्सी – ओपनर डेविड वार्नर र जोनी बेयस्ट्रोको अर्ध शतकसँगै इन्डियन प्रिमियर लिग(आईपीएल) को ३३ औं खेलमा सनराईजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । १ सय ३३ रनको सामान्य लक्ष्य हैदरावादले १६.५ ओभरमा ४ विकेट गुमाउँदै सहजै पुरा गर्यो ।

हैदरावादको सहज जितमा ओपनर जोनी बेयरस्ट्रोले सानदार अविजित अर्ध शतकीय पाली खेले । बेयरस्ट्रोले ४४ बलमा समान ३ चौका र छक्का सहित ६१ रनमा अविजित रहे । त्यस्तै अर्का ओपनर डेविर्ड वार्नरले २५ बलमा १० चौका प्रहार गर्दै ५० रनमा आउट भए ।
वार्नरलाई छैटौं ओभरको चौथो बलमा दिपक चाहरले फाफ डु प्लेसिसबाट क्याच आउट गराएका थिए । कप्तान केन विलियम्सन ३,विजय शंकर ७ र दिपक हुड्डा १३ रनमा आउट भए । चेन्नईका लागि ईमरान ताहिरले २,दिपक चाहर र करन शर्माले समान १ विकेट लिए ।
त्यस अघि हैदरावादको घरेलु मैदान राजीव गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थाल्ने निर्णय गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा मात्र १ सय ३२ रन बनाएको थियो ।
चेन्नईका लागि ओपनर फाफ डु प्लेसिसले ३१ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन बनाए । त्यस्तै अर्का ओपनर शेन वाटशनले २९ बलमा ४ चौका सहित ३१ रन बटुले ।
ओपनर वाटशन र डु प्लेसिसले पहिलो विकेटका लागि ९.५ ओभरमा ७९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सहवाज नदिमले वाटशनलाई बोल्ड आउट गर्दै साझेदारी तोडे ।
लगत्तै ११ ओभरको तेस्रो बलमा डु प्लेसिसलाई विजय शंकरले जोनी बेयरस्टोबाट क्याच आउट गराए । दुबै ओपनर आउट भएसँगै चेन्नईनले सुस्त गतिमा रन जाडेको थियो । मिडिल अडरका कार्यवाहक कप्तान सुरेश रैना १३,केदार जाधव १ र साम बिलिङ्स शुन्यमा आउट भए ।
आम्बाती रायुडु २५ र रविन्द्र जडेजा २० बलमा १० रनमा अविजित रहे । हैदरावादका लागि राशिद खानले २,सहवाज नदीम,खलिल अहमद र विजय शंकरले समान एक विकेट हात पारे । नियमित कप्तान महेन्द्र सिंह धोनीलाई आराम दिएको खेलमा सुरेश रैनाले कप्तानी गरेका थिए ।
यो जितसँगै हैदरावाद ८ खेलमा समान ४ मा जित र ४ मा हारका साथ ८ अंक जोड्दै अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । चेन्नई ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]