default_image

5 years ago

April 18, 2019

अन्तिम खेलमा कुवेतविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज कुवेतसँग खेल्दै छ । क्वालालाम्पुरमा भर्खर सम्पन्न टसमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । कुवेतले ब्याटिङ केहि समयमा गर्ने छ । पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले हराएको नेपाल दोस्रो खेलमा यूएईसँग १ रनले […]

26 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज कुवेतसँग खेल्दै छ । क्वालालाम्पुरमा भर्खर सम्पन्न टसमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । कुवेतले ब्याटिङ केहि समयमा गर्ने छ ।

पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले हराएको नेपाल दोस्रो खेलमा यूएईसँग १ रनले पराजित भएपछि विश्वकपको यात्रा कठिन बनेको छ । नेपालले तेस्रो खेलमा मलेसियालाई ८ विकेटले र चौथो खेलमा ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले हराएको थियो । कुवेतले सुरुवाती ४ खेल मध्य तीनमा जित निकालेको छ ।

नेपालले विश्वकपमा यात्रा पक्का गर्न आज कुवेतलाई हराएर मात्र पुग्दैन उता ओमानले यूएईलाई हराउनु पर्ने हुन्छ । निकै महत्वका साथ हेरिएको उक्त खेलमा ओमानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.