default_image

7 years ago

April 18, 2019

यू१६ क्रिकेट टोली थाइल्यान्ड प्रस्थान

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसीसी यू१६ इस्टन रिजन २०१९ को लागि नेपाली यु१६ टोली आज प्रतियोगितास्थल थाइल्यान्ड प्रस्थान गर्दैछ ।

नेपाली टोली आज अपरान्ह ३ बजे प्रतियोगितास्थल थाइल्यान्डको चियाङमाई प्रस्थान गर्ने टिम म्यानेजर सुदिप शर्माले जानकारी गराए । १४ सदस्यीय नेपाली टोलीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक कार्यक्रमका बीच बिदाई गरे ।

खेलाडीलाई बिदाई गर्दै मन्त्री ज्ञवालीले पछिल्लो समय नेपालमा क्रिकेटले सफलता हात पारेको अवस्थामा युवा टोलीलाई पनि जितको शुभकामना दिए ।

टिमका प्रशिक्षक बसन्त शाहीले छोटो अवधिको प्रशिक्षण भएपनि तयारी राम्रो भएको बताए । ‘यु–१६ मा हामी २०१४ मा र गतवर्षको हामी च्याम्पियन बन्न सफल भएका थियौं । हामीलाई उपाधि रक्षा गर्नुपर्ने चुनौती छ । मुख्य प्रयास यसमै हुनेछ’ प्रशिक्षक शाहीले थाइल्यान्ड प्रस्थान गर्नुअघि भने, ‘टिम सन्तुलित बनेको छ । उपाधि जित्न सक्षम छ । टिमको बलियो पक्ष ब्याटिङ र फिल्डिङ नै हो । मिडियम पेसमा केही कमजोर रहेपनि समस्या भएपनि हाम्रो र मुख्य हतियार स्पिनर नै हुनेछ । छोटो अवधिमा खेलाडीहरुले निकै मिहेनत गरेका छन् ।’

यस्तै नेपाली टोलीका कप्तान बिशाल विक्रम केसीले प्रशिक्षणका लागि छोटो समय पाएपनि टिम सन्तुलित रहेको बताएका छन् । उनले उपाधि जित्न सक्षम रहेपनि बढी आत्मविश्वासी भएर नखेल्ने बताएका छन् ।

इस्टन रिजन २०१९ अप्रिल २० देखी २८ सम्म हुने छ । नेपालसहित समूह एमा मलेसिया, थाइल्यान्ड र म्यानमार छन् । समुह बी मा सिंगापुर, भुटान, हङकङ र चीन छन् ।

नेपालले शनिबार म्यानमारसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यसपछि अर्काे बुधबार मलेसिया र बिहीबार थाइल्यान्डसँग खेल्नेछ ।

हरेक समुहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । फाइनल खेल २८ अप्रिलमा हुनेछ ।

नेपाली टोली
१.विशाल विक्रम केसी(कप्तान)
२.आइस भट्टराई
३.प्रशान्त महत
४.अर्जुन कुमाल
५.दीपक बोहोरा
६.सुवास ऐर
७.निखिल कुमार सिंह
८.विशाल कुमार पटेल
९.कृष कार्की
१०.तिलक राज भण्डारी
११.रमेश कुर्मी
१२.रोहन दुधराज विक
१३.प्रशान्त सिंह
१४.सुशान्त थापा
प्रशिक्षकः बसन्त शाही
म्यानेजर– सुदीप शर्मा
फिजियोः दिनेश भट्ट
वैकल्पिक खेलाडी
१.अभिषेक गौतम
२.परशुराम यादव
३. अरवाज अन्सारी
४.विवेक दरासी

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.