default_image

7 years ago

April 18, 2019

नोमनको अर्धशतकमा नेपाललाई कुवेतको मध्यम चुनौती

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडिल अडरका ब्याट्सम्यान नोमन बुद्रोले धैर्यताका साथ अर्ध शतक प्रहार गरेपछि मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा कुवतेले नेपाललाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ ।

क्वालालाम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले ४९.४ ओभरमा अल आउट हुँदै १ सय ५७ रन बनायो । उसका लागि नोमन बुद्रोले अर्ध शतकीय इनिङ्स खेले । नेपाली बलरको डटेर सामना गरेका उनले अन्तिम विकेटका रुपमा रन आउट हुनु अघि १ सय २० बलमा ८ चौका सहित ७० रनको योगदान दिए ।

तेस्रो ओभरको पाँचौ बलमा राशिद खानले मिट भावसारलाई १० रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । राशिदलेनै कप्तान अब्दुल सद्दीकलाई पवन सरार्फबाट पाँचौ ओभरको पहिलो बलमा शून्यमा पेभिलिएन फर्काए । तेस्रो विकेटका लागि गोकुल कुमार र नोमन बुद्रोले ७४ रनको साझेदारी गर्दै कुवेतको इनिङ्स उकासे ।

यी दुईबीचको साझेदारी सुर्य तामाङले २४ ओभरको दोस्रो बलमा कुमारलाई ३६ रनमा बोल्ड आउट गर्दै तोडे । उनले ६६ बलमा ५ चौका प्रहार गरे । २६ ओभरको चौथो बलमा तामाङलेनै गोविन्द्र कुमारलाई भिम सार्कीबाट क्याच गराउदै १ रनमा पेभिलिएन फर्काए ।

कुशल मल्लले ३१ ओभरको चौथो बलमा सन्जीव नायरलाई ६ रनमा आउट गरे । मल्ललेनै ३३ ओभरको अन्तिम बलमा हमजा कुरेशीलाई रित गौतमबाट ३ रनमा आउट गरेका थिए । तल्लो क्रममा हमोद अमानुल्लाह १७ रनमा आउट भए ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । कुशल मल्ल,राशिद खान र सुर्य तामाङको नाममा समान २ विकेट रह्यो । विश्वकपमा नेपालले यो खेल जितेर मात्र हुँदैन उता अर्को खेलमा ओमानले यूएईलाई हराउनु पर्ने हुन्छ ।

ओमानले यूएईलाई १ सय ६ रनको सामान्य लक्ष्य दिएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.