default_image

7 years ago

April 18, 2019

नेपाली यू१९ टोली विश्वकप छनोटबाट बाहिरियो

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्ने नेपाली यू१९ टोलीको सपना अधुरै बनेको छ ।

मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेपछि नेपालको यात्रा यहि समाप्त भएको हो ।

ओमानले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य लक्ष्य यूएईले १२.१ ओभरमा विना विकेटको क्षतिमा १ सय १० रन बटुल्दै सहजै पुरा गर्यो । उसका आर्यन लाक्रा ५१ र सायद हैदर ५६ रनमा अविजित रहे ।

पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेपनि दोस्रो खेलमा बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा यूएईसँग १ रनले पराजित भएको थियो । जुन एक रनको हार नेपालको विश्वकपको यात्रामा बाधक बन्यो ।

नेपालले तेस्रो खेलमा मलेसियालाई ८ विकेट र ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले अन्तिम खेलमा उता कुवेतसँग प्रतिसप्रर्धा गरि रहेको छ ।

कुवेतले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य नेपालले लन्च अघि ७ ओभरमा कुनै विकेट नगुमाई २७ रन जोडेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.