7 years ago
April 18, 2019
एजेन्सी – श्रीलंकाले मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकप क्रिकेटका लागि विहिवार १५ सदस्यीय टोली घोषणा गरेको छ ।

दिमुथ करुणारत्नेलाई कप्तानको जिम्मेवारी गर्दै १५ सदस्य टोली घोषणा गरेको हो । घोषणा टोलीमा दिनेश चाण्डीमल,अलिका धनन्जय,उपल थरंगा, निरोशन डिक्ववेलाले स्थान बनाउन सकेनन् ।
श्रीलंकाको पछिल्लो दुई वर्षमा खस्कदो प्रर्दशन गर्दै आएको छ । विश्वकपमा श्रीलंकाले जुन १ मा न्युजिल्यान्डसँग खेल्दै विश्वकपमा सुरुवात गर्ने छ । वान डे विश्वकप श्रीलंकाले सन् १९९६ मा जितेको थियो ।
विश्वकप खेल्ने श्रीलंकाको १५ सदस्य टोलीः
१. दिमुथ करुणारत्ने (कप्तान)
२.एंजेलो मैथ्यूज
३.लाथिस मलिङ्गा
४.कुशल परेरा
५.लाहिरू तिरिमन्ने
६.अविष्का फर्नांडो
७.कुशल मेन्डिस
८.धनन्जय डी शिल्भा
९.जेफ्री वान्डरसे
१०.तिसेरा परेरा
११.इसुरु उडना
१२.सुरुङ्गा लकमल
१३.नुवान प्रदिप
१४.जीवन मेन्डिस
१५.मिलिंडा सिरिवर्दना
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]