default_image

7 years ago

April 18, 2019

मुम्बईसँग खेल्दै दिल्ली, सन्दीपको संभावना न्यून !

180 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ३४ औं खेलमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सुरु हुनेछ । दुवै टोली छैटौं जितको खोजिमा छन् । यसअघि मुम्बईको घरेलु मैदानमा दिल्ली ३७ रनले विजयी भएको थियो । दिल्ली ८ खेलमा ५ मा जित र ३ मा हारका साथ १० अंक जोड्दै अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । समान खेलमा ५ मा जित र ३ मा हारका साथ नेट रन रेटमा दिल्ली भन्दा पछि परेको मुम्बई तेस्रो स्थानमा छ ।

आजको खेलमा मुम्बई विजयी भए दोस्रो स्थानमा उक्लनेछ । दोस्रो स्थानमा कायमै रहन दिल्लीलाई आजको खेल जित्नुपर्ने हुन्छ । दिल्ली श्रेएस ऐर र मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ ।

सन्दीपको संभावना ?

फिरोज शाह कोटला स्पिनरका लागि उपयोगी मैदान हो । तर पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आजको खेलमा मौका पाउने संभावना निकै कम देखिन्छ ।

सन्दीपको स्थानमा मौका पाएका किमो पलले हैदरावादविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका थिए । उक्त खेलमा म्यान अफ द म्याच नै चुनिएका उनले ३ ओभरमा १७ रन खर्चेर शीर्ष क्रममका ३ ब्याट्सम्यानलाई आउट गरेका थिए । पलले तल्लोक्रममा ब्याटिङ गर्ने क्षमता पनि राख्ने हुँदा दिल्लीले आज उनलाई नै निरन्तरता दिने प्रबल सम्भावना छ ।

दिल्लीले एक स्पिनर खेलाउने छ । जसमा अमित मिश्रा खेल्ने निश्चित जस्तै छ । हैदरावादविरुद्ध उनले विकेट लिन नसकेपनि ३ ओभरमा मात्र १३ रन खर्चेका थिए । त्यस्तै खेलाडी परिवर्तन गरिरहँदा टोलीको प्रर्दशनमा पनि असर पुग्ने हुँदा दिल्लीले आजको खेलमा कुनै खेलाडी परिवर्तन गर्ने सम्भावना देखिंदैन ।

जारी आईपीएलमा सन्दीपले ४ खेलमा ५ विकेट लिएका छन् । बेंगलोरसँगको खेलमा ४ ओभरमा ४६ रन खर्चेर १ विकेट लिएपछि दिल्लीले पछिल्ला दुई खेल कोलकता नाइट राइडर्स र हैदरावादसँगको खेलमा बेन्चमा राखेको थियो । सन्दीप आईपीएलको इमर्जिङ प्लेयर अवार्डको मनोनयनमा पर्नुको साथै हालसम्म भोटिङमा अग्रता लिएका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.