7 years ago
April 18, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को ३४ औं खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई १ सय ६९ रनको मध्यम लक्ष्य दिएको छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६८ रन बनायो ।

मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ३५ रन बनाए । १० औं ओभरको पाँचौ बलमा रन आउट हुनुअघि डी ककले २७ बलमा समान २ चौका र छक्का प्रहार गरे । त्यस्तै कप्तान रोहित शर्माले २२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा आउट भए ।
ओपनर शर्मा र डी ककले पहिलो विकेटका लागि ७ ओभर सम्म ५७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । यी दुई बीचको साझेदारी साँतौ ओभरको पहिलो बलमा अमित मिश्राले रोहितलाई बोल्ड आउट गर्दै तोडे । त्यस्तै बेन कटिङ्ग २ र सुर्य कुमार यादव २६ रनमा आउट भए ।
तल्लो क्रममा हार्दिक पान्ड्याले १५ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ३२ रनमा आउट भए । कु्रनाल पान्ड्याले २६ बलमा ५ चौका सहित ३७ रनमा अविजित रहे । यी दुई जादुभाईले ४.२ ओभरभित्र ५४ रनको साझेदारी गर्दै मुम्बईको इनिङ उकासे ।
दिल्लीका लागि कागिसो रबडाले २,अमित मिश्रा र अक्षर पटेल समान १ विकेट लिए । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्लीले आजको खेलमा पनि बेन्चमा राखेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]