default_image

7 years ago

April 18, 2019

दिल्लीमाथि मुम्बईको सहज जित

138 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल)को ३४ औं खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको छ । यो जितसँगै मुम्बई अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

१ सय ६९ रनको विजयी लक्ष्य पछ्पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ओपनर शिखर धवनले ३५ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । धवनले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

धवनलाई सातौ ओभरको तेस्रो बलमा राहुल चाहरले बोल्ड आउट गरे । नवौं ओभरको तेस्रो बलमा चाहरलेनै अर्का ओपनर पृथ्वी शालाई हार्दिक पान्ड्याबाट क्याच गराउँदै २० रनमा पेभिलिएन फर्काए । १० औं ओभरको चौथो बलमा कु्रनाल पान्ड्याले कोलिन मुनरोलाई ३ रनमा बोल्ड आउट गरे । ११ ओभरको दोस्रो बलमा चाहरले कप्तान श्रेयस ऐरलाई ३ रनमा बोल्ड आउट गरे ।

ऋषभ पन्तलाई जसप्रित बुमराहले ७ रनमा बोल्ड आउट गरेपछि दिल्लीको जित कठिन बनेको थियो । तल्लोक्रमका अक्षर पटेलले २६,क्रिस मोरिस ११,किमो पल शुन्य र कागिसो रबडा ९ रनमा आउट भए । अमित मिश्रा ६ रनमा अविजित रहे ।

मुम्बईका लागि युवा लेग स्पिनर राहुल चाहरले ४ ओभरमा १९ रन खर्चेर ३,जसप्रित बुमराह २,लाथिस मलिङ्गा,कु्रनाल पान्डया र हार्दिक पान्ड्याले समान १ विकेट लिए ।

त्यस अघि दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६८ रन बनायो ।मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ३५ रन बनाए । १० औं ओभरको पाँचौ बलमा रन आउट हुनुअघि डी ककले २७ बलमा समान २ चौका र छक्का प्रहार गरे । त्यस्तै कप्तान रोहित शर्माले २२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा आउट भए ।

ओपनर शर्मा र डी ककले पहिलो विकेटका लागि ७ ओभर सम्म ५७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । यी दुई बीचको साझेदारी साँतौ ओभरको पहिलो बलमा अमित मिश्राले रोहितलाई बोल्ड आउट गर्दै तोडे । त्यस्तै बेन कटिङ्ग २ र सुर्य कुमार यादव २६ रनमा आउट भए ।

तल्लो क्रममा हार्दिक पान्ड्याले १५ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ३२ रनमा आउट भए । कु्रनाल पान्ड्याले २६ बलमा ५ चौका सहित ३७ रनमा अविजित रहे । यी दुई जादुभाईले ४.२ ओभरभित्र ५४ रनको साझेदारी गर्दै मुम्बईको इनिङ उकासे ।दिल्लीका लागि कागिसो रबडाले २,अमित मिश्रा र अक्षर पटेल समान १ विकेट लिए ।

यो जितसँगै मुम्बई ९ खेलमा ६ मा जित र ३ मा हारका साथ १२ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीमा ९ खेलमा ५ मा जित र ४ मा हारका साथ १० अंक जोड्दै तेस्रो स्थानमा झरेको छ । चेन्नई सुपर किंग्स ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंक सहित शीर्ष स्थानमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.