default_image

7 years ago

April 19, 2019

पाकिस्तानको विश्वकप टोलीमा आमीर परेनन्

234 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्डले आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुने वान डे विश्वकपको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ ।

पाकिस्तानले सरफराज अहमदको कप्तानीमा बिहीबार घोषणा गरेको हो । घोषणा गरेको टोलीमा तीब्र गतिका बलर मोहम्मद आमिरले स्थान बनाउन सकेनन् । पाकिस्तानले सादव खान,शाहिन अफ्रिदी,मोहम्मद हसन लगायतका युवा खेलाडीलाई मौका दिएको छ । विश्वकप अघि पाकिस्तानले इंग्ल्यान्डसँग एक टी ट्वान्टी र पाँच वान डे खेल खेल्ने कार्यतालिका रहेको छ । पाकिस्तानले ३१ मे मा वेस्ट इन्डिजसँग खेल्दै विश्वकपमा सुरुवात गर्ने छ ।

१.सरफराज अहमद (कप्तान तथा विकेटकीपर)
२.अबिद अली
३.बाबर आजम
४.फहिम असरार्फ
५.फकार जमान
६.ह्यारिस सोहेल
७.हसन अली
८.ईमाद वासिम
९.इमाम उल हक
१०.जुनैद खान
११.मोहम्मद हफिज
१२.मोहम्मद हसन
१३.सादब खान
१४.शाहिन शाह अफ्रिदी
१५.सोएव मालिक

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.