default_image

7 years ago

April 19, 2019

कोहलीको सानदार शतकमा कोलकतालाई विशाल लक्ष्य

112 views

0 Bookmark

एजेन्सी – कप्तान विराट कोहलीको सानदार शतक र मोईन अलीले आर्कम्रक अर्ध शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को ३५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकता नाईट राइडर्सलाई २ सय १४ रनको विशाल लक्ष्य दिएको छ ।

कोलकताको घरेलु मैदान इडेन गार्डेनमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १३ रन बनायो । बेंगलोरलाई विशाल योगफल तयार पार्न कप्तान विराट कोहलीले सानदार शतक प्रहार गरे । आईपीएल करियरको पाँचौ शतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै रनमा १ सय रनमा आउट भए । अन्तिम ओभरको अन्तिम बलमा हेरी गुर्नीले सुभमन गिलबाट क्याच गराए ।

त्यस्तै मोईन अलीले पनि विश्फोटक ब्याटिङ गरे । अलीले मात्र २८ बलमा ६ छक्का र ५ चौका सहित ६६ रनमा क्याच आउट भए । अलीले १६ औं ओभरमा अलीले कुलदिप यादवलाई २ चौका र ३ छक्का प्रहार गर्दै कुल २७ रन बटुलेका थिए । यसै ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने क्रममा अली प्रसिद्ध कृष्णबाट क्याच आउट भए ।

ओपनर पार्थिव पटेल ११ र अक्षयदिप नाथ १३ रनमा आउट भए । मार्कस स्टोइनिस ८ बलमा २ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे । कोलकताका लागि सुनिल नारायण,आन्द्रे रसेल, हेरी गुर्नी, कुलदीप यादवले समान एक विकेट हात पारे ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.