7 years ago
April 20, 2019
एजेन्सी – थाईल्यान्डमा आज देखी सुरु भएको एसीसी यू१६ इस्टन रिजन २०१९ को पहिलो खेलमा नेपालले ५९ रनको सामान्य लक्ष्य पाएको छ ।

थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर ब्याटिङ थालेको म्यानरमार १३.२ ओभरमा अल आउट हुदैँ ५८ रनमा समेटियो । म्यानमारका पाँच ब्याट्सम्यानले खाता खोल्नै सकेनन् । उसका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन पार गरेका थिए ।
म्यानमारका लागि कौङ हटेट क्यावले सर्वाधिक १९ रन बनाए । कान्ट को को शुन्य,क्रिस्टोफर ११, ऐ थु शुन्य, पेवाई सन हेन १, हेन जिन अनुग १ रन रमा आउट भए । म्यानमारका तल्लोक्रमका प्याई फयो वाई ५ रनमा आउट भए ।
म्यानमारलाई सस्तैमा रोक्न नेपालका कप्तान विशाल विक्रम केसीले ५ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । त्यस्तै रमेश कुर्मी र निखिल कुमार सिंहले समान १ विकेट लिदा म्यानमारका ४ ब्याट्सम्यान रन आउटको शिकार बनेका थिए ।
अप्रिल २० देखी २८ सम्म चल्ने प्रतियोगिताको समुह ए मा नेपाल सहित म्यानमार,मलेसिया र थाईल्यान्ड छन् । त्यस्तै समुह बी मा सिंगापुर,भुटान, हङकङ र चीन छन् । नेपाल डिफेन्ङिग च्याम्पियन टोली हो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]