default_image

7 years ago

April 20, 2019

म्यानमारमाथि नेपालको सहज जित

133 views

0 Bookmark

एजेन्सी – थाईल्यान्डमा आज देखी सुरु भएको एसीसी यू१६ इस्टन रिजन २०१९ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । शनिवार विहान आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

५९ रनको सामान्य लक्ष्य पछ्पाएको नेपालले ८.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । नेपाललाई सहज जित दिलाउन अर्जुन कुमालले १५ बलमा ४ चौका सहित २६ रनमा अविजित रहे । दिपक बोहोरा ६,सुवास ऐर ११ र विशाल विक्रम केसी ३ रनमा आउट भए । प्रसान्त महत १५ बलमा १ चौका सहित ९ रनमा नट आउट रहे । म्यानमारका जीन मेयो को कोले १ र कौङ हटेट क्यावले २ विकेट लिए ।

त्यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर ब्याटिङ थालेको म्यानरमार १३.२ ओभरमा अल आउट हुदैँ ५८ रनमा समेटिएको थियो। म्यानमारका पाँच ब्याट्सम्यानले खाता खोल्नै सकेनन् । उसका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन पार गरेका थिए ।

म्यानमारका लागि कौङ हटेट क्यावले सर्वाधिक १९ रन बनाए । कान्ट को को शुन्य,क्रिस्टोफर ११, ऐ थु शुन्य, पेवाई सन हेन १, हेन जिन अनुग १ रन रमा आउट भए । म्यानमारका तल्लोक्रमका प्याई फयो वाई ५ रनमा आउट भए ।

म्यानमारलाई सस्तैमा रोक्न नेपालका कप्तान विशाल विक्रम केसीले ५ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । त्यस्तै रमेश कुर्मी र निखिल कुमार सिंहले समान १ विकेट लिदा म्यानमारका ४ ब्याट्सम्यान रन आउटको शिकार बनेका थिए ।

अप्रिल २० देखी २८ सम्म चल्ने प्रतियोगिताको समुह ए मा नेपाल सहित म्यानमार,मलेसिया र थाईल्यान्ड छन् । त्यस्तै समुह बी मा सिंगापुर,भुटान, हङकङ र चीन छन् । नेपाल डिफेन्ङिग च्याम्पियन टोली हो । नेपालले दोस्रो खेल बुधबार मलेसियासँग खेल्ने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.