default_image

7 years ago

April 20, 2019

कप्तान बनेको पहिलो खेलमै स्मिथले राजस्थानलाई जिताए

112 views

0 Bookmark

एजेन्सी – कप्तानको जिम्मेवारी पाएको पहिलो खेलमै स्टिभ स्मिथले अविजित अर्धशतक जोडेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औं खेलमा राजिस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको छ । १ सय ६२ रनको लक्ष्य पक्ष्याएको राजस्थानले पाँच बल अगाडी ५ विकेटको क्षतिमा पुरा गर्यो ।

राजस्थानको जितमा कप्तान स्टिभ स्मिथले ४८ बलमा ५ चौका र १ छक्का सहित ५९ रनमा अविजित रहे । त्यस्तै रियान परागले २९ बलमा ५ चौका र १ छक्का सहित ४३,अजिंक्या रहाणे १२, बेन स्ट्रोक्स सुन्यमा आउट भए । एस्टन टर्नर सुन्यमा आउट हुँदा सन्जु स्यामसनले १९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३५ रनको योगदान दिए । मुम्बईका लागि युवा लेग स्पिनर राहुल चाहरले ४ ओभरमा २९ रन खर्चर ३ जसप्रित बुमराहले १ विकेट हात पारे ।

त्यस अघि जयपुरमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ६५ रनको योगदान दिए । १५ ओभरको तेस्रो बलमा बेन स्ट्रोक्सबाट श्रेयस गोपालले क्याच आउट गराउनु अघि डी ककले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरे । तेस्रो ओभरको तेस्रो बलमै कप्तान रोहित शर्मालाई ५ रनमा गुमाएको मुम्बईलाई डी ककले दोस्रो विकेटका लागि सुर्य कुमार यादवसँग ९७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

स्टुअर्ट विन्नीले १४ ओभरको पाँचौ बलमा धवन कुलकर्णीबाट क्याच गराउँदै यादवलाई ३४ रनमा आउट गदैं साझेदारी तोडेका थिए । उनले ३३ बलमा समान १ चौका र छक्का प्रहार गरे । काईरन पोलार्ड १०,हार्दिक पान्ड्या २३ रनमा आउट हुँदा बेन कटिङ १३ र कु्रनाल पान्ड्या २ रनमा अविजित रहे । राजस्थानका लागि श्रेयस गोपालले २,जयदेव उनादकट,स्टुअर्ट बिन्नी र जोफ्रा आर्चरले समान एक विकेट लिए ।

राजस्थान रोयल्सले आजको खेलदेखी कप्तानको जिम्मेवारी स्टिभ स्मिथलाई दिएको छ । अजिंक्या रहाणेले सुरुवाती ८ खेलमध्यम ६ खेल हार्दै खराव सुरुवात दिलाएपछि प्ले अफमा पुग्नकोलागि उत्कृष्ट प्रर्दशनको लागि नयाँ कप्तानको आवश्यकता रहेको भन्दै स्मिथलाई उक्त जिम्मेवारी दिएको हो । अघिल्लो संकरणमा स्मिथ बल टेम्पिरिङ काण्डको कारण आईपीएल नखेलेपनि राजिस्थानले अजिंक्या रहाणेलाई कप्तान बनाएको थियो । जारी आईपीएलमा राजस्थान ९ खेलमा ६ मा हार र ३ मा जितका साथ सातौ स्थानमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.