default_image

7 years ago

April 20, 2019

सन्दीपको उत्कृष्ट बलिङमा दिल्लीलाई मध्यम लक्ष्य

127 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को ३७ खौं खेलमा किंग्स इलाभेन पन्जावले दिल्ली क्यापिटल्सलाई १ सय ६४ रनको मध्यम लक्ष्य दिएको छ । फिरोज शाह कोटलामा टस हारेर पहिला ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६३ रन बनायो ।

पन्जवाको लागि ओपनर क्रिस गेलले ६९ रनको योगदान दिए । १३ ओभरको दोस्रो बलमा सन्दीपले अक्षर पटेलबाट बाउन्ड्री लाईन नजिकै क्याच आउट गराउनु अघि गेलले ३७ बलमा ५ छक्का र ६ चौका प्रहार गरे ।

दोस्रो ओभरको चौथो बलमा सन्दीपले अर्का ओपनर के एल राहुललाई विकेटकीपर ऋषभ पन्तबाट स्टम्पिङ आउट गर्दै १२ रनमा पेभिलिए फर्काएका थिए । पन्जावका मिडिल अडरका मयंक अग्रवाल २ र डेविड मिलर ७ रनमा आउट भए ।

पन्जावको एकतर्फबाट विकेट गुम्दा अर्को तर्फबाट क्रिस गेलले आक्रमक रुपमा रन जोडि रहेका थिए । तर सन्दीपले १३ ओभरको दोस्रो बलमा क्याच आउट गराएपछि पन्जाव ठूलो योगफल बनाउनबाट चुकेको हो । यसै ओभरको अन्तिम बलमा सन्दीपले युवा अलराउण्डर साम करनलाई आफैं क्याच लिदै शुन्यमा पेभिलिएन फर्काएपछि पन्जाव संकटमा परेको थियो ।

पन्जावका तल्लोक्रमका मन्दीप सिंहले ३० र रविचन्द्र आश्विनले १६ रनमा आउट भए ।पन्जावलाई सस्तैमा रोक्न सन्दीपले४ ओभरमा ४० रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । त्यस्तै कागिसो रवडा र अक्षर पटेलले समान दुई विकेट लिए ।

सन्दीपको चार ओभर

दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपलाई पहिलो बलमा केएल राहुलले छक्का प्रहार गरे । दोस्रो बल डट गराए । तेस्रो बलमा राहुलले चौका प्रहार गर्दा चौथो बलमा भने विकेटकीर ऋषभ पन्तबाट राहुललाई १२ रनमा स्टम्पिङ्ग आउट गराए । सन्दीपले पाँचौ बलमा मयंक अग्रवाललाई डट गराउँदा छैटौं बलमा १ रन दिए ।

चौथो ओभरमा सन्दीप महँगो सावित भए । यस ओभरमा क्रिस गेलले ४ चौका प्रहार गरे । पहिलो बलमै गेलले चौका प्रहार गरे । दोस्रो बल डट गराए । तेस्रो बलमा पुन चौका प्रहार गरे ।चौथो बल डट गराउँदा पाँचौ र छैटौं बलमा गेलले चौका प्रहार गरेका थिए ।

१३ औं ओभरमा सन्दीपले दुई ठूला सफलता हात पारे । पहिलो बलमै क्रिस गेलले छक्का प्रहार पनि दोस्रो बलमा सन्दीपले बाउन्ड्री लाईन नजिकैबाट अक्षर पटेलबाट उत्कृष्ट क्याच गराउँदै उनको आक्रमक इनिङ्स समाप्त पारेका थिए । गेल आउट भएसँगै पन्जावले सुस्त गतिमा रन जोडेको थियो ।अन्य तीन बल लगातार डट राख्दा अन्तिम बलमा साम करनलाई आफैं क्याच लिदै शुन्यमा आउट गरे ।

१५ औं ओभरको पहिलो बलमा मन्दीपलाई १ रन दिए । दोस्रो बलमा आश्विनले चौका प्रहार गर्दा तेस्रोमा डट,चौथो १,पाँचौमा डट र अन्तिम बलमा मन्दीप सिंहलाई १ रन दिदै आफ्नो कोटा सकाए थिए । अन्तिम बलमा मन्दीप सिंहको विकेट रवडाले छोड्न पुगेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.