7 years ago
April 21, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) –आठौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटतर्फ पुरुष र महिलाको सेमिफाइनल समिकरण तय भएको छ ।

पुरुषतर्फ एपीएफ र प्रदेश १ ले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछिन् । त्यस्तै त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले दोस्रो सेमिफाइनल खेल्नेछन् । महिलातर्फ प्रदेश१ र प्रदेश ७ ले अन्तिम चारमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै एपीएफले फाइनल प्रवेशका निम्ति प्रदेश २ सँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालगञ्जमा जारी ८ औं राष्ट्रिय खेलकुदको क्रिकेट अन्तरगत आईतबार भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ६ लाई ५० रनले पराजित गरेको छ । प्रदेश ६ ले कोहलपुर क्रिकेट मैदानमा टस जितेर फिल्डिङको निर्णय लिएको थियो । ब्याटिङको निम्तो पाएको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । प्रदेश १ का लागि मुकुन्द यादवले ३२,राजन मगरले २३ र पुष्प थापा १७ रनमा आउट भए । प्रदेश ६ का युनिस बिक्रम सिंहले ३,दिनेश अघिकारी र प्रकास टाँसीले समान दुई विकेट लिए ।
१ सय २४ रनको विजयी लक्ष्य पछ्पाएको प्रदेश ६ ले १८.३ ओभरमा अल आउट हुँदै मात्र ७३ रन बनाउन सक्यो । उसका लागि रविन्द्र जंग शाहीले १६,प्रकास टाँसी १० र दिनेश पुनले १५ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । प्रदेश १ का फ्रिर्दोस,दिपेश कंडेल र पुष्प थापाले समान दुई विकेट लिए । पुष्प म्यान अफ द म्याच घोषित भए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]