7 years ago
April 21, 2019
एजेन्सी – ओपनरद्वय डेविड वार्नर र जोनी बेयरस्टोले आक्रामक अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ३८ औं खेलमा सनराइजर्स हैदरावादले कोलकता नाइट राईडर्सलाई ९ विकेटले पराजित गरेको छ ।

१ सय ६० रनको लक्ष्य पछ्याएको हैदरावादले १५ ओभरमा १ विकेटको क्षतिमा सहजै पुरा गर्यो । हैदरावादको सहज जितमा ओपनर जोनी बेयरस्टोले ४३ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ८० रनमा अविजित रहे ।
त्यस्तै अर्का ओपनर डेविड वार्नर ६७ रनमा आउट भए । यरा पृथ्वीराजले १३ ओभरको दोस्रो बलमा बोल्ड आउट गर्नु अघि वार्नरले ३८ बलमा ५ छक्का र ३ चौका प्रहार गरे । ओपनर बेयरस्टो र वार्नरले पहिलो विकेटका लागि १ सय ३१ रनको साझेदारी गर्दै सहज जित तर्फ अघि बढाएका थिए । कप्तान केन विलियम्सन ८ रनमा अविजित रहे ।
त्यस अघि हैदरावादको घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । कोलकताका ओपनर क्रिस लीनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५१ रनको योगदान दिए ।
त्यस्तै अर्का ओपनर सुनिल नारायणले ८ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै २५ रन बटुल्दै राम्रो सुरुवात दिलाएका थिए । तर मिडिल अडरका सुभमन गिल ३,नितेश राना ११,दिनेश कार्तिक ६ र रिन्कु सिंह ३० रनमा आउट भएपछि सस्तैमा समेटिएको हो ।
यसअघिका खेलमा विश्फोटक ब्याटिङ गर्दै आएका आन्द्रे रसेलले आज ९ बलमा २ छक्का सहित १५ रनमा आउट भए । हैदरावादका लागि खलील अहमदले ४ ओभरमा ३३ रन खर्चेर ३,भुवनेश्वर कुमार २ र सन्दीप शर्मा र राशिद खानले १-१ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]