7 years ago
April 21, 2019
एजेन्सी (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आईपीएल)को ३९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई १ सय ६२ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनायो । बेंगलोरका लागि ओपनर पार्थिव पटेलले ५३ रनको योगदान दिए । १६ ओभरको चौथो बलमा ड्वेन ब्राभोले शेन वाटशनबाट क्याच आउट गराउनु अघि पटेलले ३७ बलमा ४ छक्का र २ चौका प्रहार गरे ।
तेस्रो ओभरको तेस्रो बलमा दिपक चाहरले कप्तान महेन्द्रसिंह धोनीबाट विराट कोहलीलाई ९ रनमा क्याच आउट भए । सातौ ओभरको पाँचौ बलमा रविन्द्र जडेजाले फाफ डु प्लेसिसबाट बाउन्ड्री लाईन नजिकै एवी डी भिलियर्सलाई २५ रनमा उत्कृष्ट क्याच आउट गराए । डी भिलियर्सले १९ बलमा ३ चौका र १ छक्का प्रहर गरे ।
अक्षदीप नाथ २४,मार्कस स्टोइनिस १४ र पवन नेगीले ५ रनमा आउट भए । मोईन अलीले १६ बलमा ५ चौका सहित २६ रन बटुले । चेन्नईका रविन्द्र जडेजा, ड्वेन ब्राभो र दिपक चाहरले समान २ तथा इमरान ताहिरले १ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]