7 years ago
April 22, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने यतिबेला इन्डियन प्रिमियर लिग (आईपीएल) को लागि दिल्लीमा व्यस्त छन् ।

दिल्ली क्यापिटल्सबाट आईपीएल खेलि रहेका लेग स्पिनर सन्दीपले गत शनिवार पन्जावविरुद्ध ४ ओभरमा ४० रनखर्चेर ३ विकेट लिएका थिए । सन्दीपले विश्व क्रिकेटमै विष्फोटक ब्याटिङ गर्ने क्रिस गेल, भारतीय टोलीका ओपनर के एल राहुल र इंग्ल्यान्डका युवा अलराउण्डर साम करनलाई आउट गरेका थिए ।
सन्दीपले आईपीएले आफ्नो जीवननै परिवर्तन गरेको बताएका छन् । उक्त खेलपछि सन्दीपले पत्रकार सम्मेलनमा भने,’आईपीएलबाट धेरै सिकीरहेको छु । म नेपाली क्रिकेट प्रति आभारी छु । नेपाली क्रिकेटमा राम्रो गरेकै कारण गतवर्ष दिल्लीले टोलीमा अनुबन्ध गरेको थियो । आईपीएल खेलेदेखि पछि फर्केर हेर्नु परेको छैन ।’
दिल्लीले सन्दीपलाई १० खेल मध्य ५ मा मौका दिदा अन्य पाँच खेलमा बेन्चमा राखेको थियो । सन्दीपले जारी आईपीएलमा ५ खेलमा ८ विकेट लिएका छन् । दिल्ली क्पापिटल्सले आज राजस्थान रोयल्ससँग खेल्दैछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]