default_image

7 years ago

April 22, 2019

राजस्थानविरुद्ध सन्दीपलाई दवाव

108 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औं खेलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्प्रर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी राजस्थानको घरेलु मैदान जयपुरमा सुरु हुनेछ ।

प्लेअफको संभावना कायमै राख्न राजस्थानले आजको खेल जित्नै पर्ने हुन्छ । दिल्ली आजको खेलमा विजयी भए प्ले अफ नजिक पुग्ने छ । राजिस्थान रोयलल्सका कप्तान स्टिभ स्मिथ,जस बटलर,जोफ्रा आर्चर,श्रेयस गोपालले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । दिल्लीका कागिसो रबाडा, सन्दीप लामिछाने, शिखर धवन, श्रेयस ऐर, ऋषभ पन्त मुख्य खेलाडी हुन् ।

जारी आईपीएलमा दिल्ली क्यापिटल्स १० खेलमा ६ मा जित र ४ मा हारका साथ अंक तालिकामा तेस्रो स्थानमा छ । आजको खेलमा दिल्ली विजयी भए शीर्ष स्थान उक्लिने संभावना रहन्छ । त्यस्तै राजस्थान रोयल्सले ९ खेलमा ३ मा जित र ६ मा हारका सातौ स्थानमा छ ।

सन्दीपलाई एकरुपता प्रर्दशनको चुनौती

शनिवार किंग्स इलाभेन पन्जावविरुद्ध ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिएका सन्दीपलाई आजको खेलमा दिल्लीले पहिलो रोजाईमा मैदान उतार्ने निश्चित जस्तै छ । सन्दीपले पन्जावका विश्फोटक ब्याट्सम्यान क्रिस गेल, केएल राहुल र इंग्ल्यान्डका युवा अलराउण्डर साम करनलाई आउट गरेका थिए । पन्जावसँगको खेलको प्रर्दशन राजस्थानसँगको खेलमा पनि दोहोर्याउन सन्दीपलाई त्यतिनै चुनौती हुने छ ।

सन्दीपले दिल्लीबाट यस सिजनमा ५ खेलमा ८ विकेट लिएका छन् । सुरुवाती दुई खेलमा बेन्चमा बसेका सन्दीपले कोलकताविरुद्ध १, पन्जावविरुद्ध २, हैदरावाद र बेंगलोरविरुद्ध समान १ विकेट हात पारे । बेंगलोरको खेलपछि लगातार तीन खेलमा बेन्चमा बसेका सन्दीपले पन्जावसँगको खेलमा ३ विकेट लिँदै सनसनी मच्चाएका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.