default_image

5 years ago

April 23, 2019

दिल्ली आईपीएलको शीर्षस्थानमा उक्लियो

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औं खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स अंक तालीकामा शीर्षस्थानमा उक्लिएको छ । १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले ४ बल अगाडीनै ४ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको जितमा विकेटकीपर ऋषभ पन्तले ३६ बलमा ४ छक्का र ६ चौका प्रहार गर्दै […]

31 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औं खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स अंक तालीकामा शीर्षस्थानमा उक्लिएको छ ।

१ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले ४ बल अगाडीनै ४ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको जितमा विकेटकीपर ऋषभ पन्तले ३६ बलमा ४ छक्का र ६ चौका प्रहार गर्दै ७८ रनमा अविजित रहे । त्यस्तै ओपनर शिखर धवनले २७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५४ तथा पृथ्वी शा ४२ रनमा आउट भए । राजस्थानका श्रेयस गोपाल २,धवन कुलकर्णी र रियान परागले समान १ विकेट लिए ।

त्यस अघि घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजिस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनायो । राजस्थानका लागि ओपनर अजिंक्या रहाणेले शानदार शतक प्रहार गरे । १७ ओभरको दोस्रो बलमा ईशान्त शर्मालाई २ बटुल्दै रहाणेले आफ्नो आईपीएल करियरमा दोस्रो शतक प्रहार पुरा गरेका थिए । ५८ बलमा शतक पुरा गरेका रहाणेको यो आईपीएल करियरकै सवोत्कृष्ट प्रर्दशन समेत हो ।

रहाणे ६३ बलमा ११ चौका र ३ छक्का सहित १ सय ५ रनमा अविजित रहे पनि त्यो जितको लागि प्राप्त रहेन। अजिंक्या रहाणे र कप्तान स्टिभ स्मिथले दोस्रो विकेटका लागि १२ ओभरमा १ सय ३० रनको साझेदारी गर्दै राजिस्थानलाई विशाल योगफल सम्म पुर्याए ।

१४ ओभरको पहिलो बलमा अक्षर पटेलले बाउन्ड्री लाईन नजिकै क्रिस मोरिसबाट क्याच आउट गराउनु अघि कप्तान स्मिथले ३२ बलमा ८ चौका प्रहार गर्दै ५० रनमा आउट भए । दोस्रो ओभरको पहिलो बलमै ओपनर सन्जु स्यामसन शून्यमा रन आउट भएका थिए ।

बेन स्ट्रोक्स ८,एस्टन टर्नर शून्य र स्टुअर्ट बिन्नी १९ रनमा आउट भए । दिल्लीका कागीसो रबडाले २, ईशान्त शर्मा,क्रिस मोरिस र अक्षर पटेलले समान एक विकेट लिए ।

योसँगै दिल्लीले ११ खेलमा ७ मा जित र ४ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै चेन्नई सुपर किंग्स १० खेलमा ७ मा जित र ३ मा हारका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको मुम्बईले १० खेलमा ६ मा जित र ४ मा हार ब्योहोरेको छ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.