7 years ago
April 23, 2019
एजेन्सी – अष्ट्रेलियाका युवा अलराउण्डर एस्टन टर्नर टी२० क्रिकेटमा लगातार पाँचौ पटक डक आउट भएका छन् ।

राजस्थान रोयल्सबाट आईपीएल खेलिरहेका टर्नर सोमबार राती दिल्ली क्यापिटल्ससँगको खेलमा शून्यमा आउट भएसँगै लगातार पाँचौ पटक डक आउटको शिकार बनेका हुन् । सोमबार ईशान्त शर्माले शेरफेन रदरफोर्डबाट क्याच आउट गराउँदै उनलाई शून्यमा पेभिलिएन फर्काए । त्यसअघि मुम्बई इन्डियन्स र किंग्स इलाभेन पन्जावसँगको खेलमा पनि उनि डक आउट भएका थिए ।
त्यस्तै भारतसँगको पहिलो टी२० खेलमा पनि टर्नर डक आउट भएका थिए । त्यस्तै स्कोर्चर्सबाट स्ट्राइकरविरुद्ध खेलमा पनि टर्नर शून्यमै आउट भएका थिए ।
टर्नर विष्फोटक ब्याट्सम्यानको रुपमा चिनिन्छन् । उनले गत फागुनमा भारतसँगको पाँच वान डे सिरिज अन्तरगत चौथो खेलमा ४३ बलमा ६ छक्का र ५ चौका प्रहार गर्दै ८४ रनमा अविजित रहेपछि अष्ट्रेलियाले ३ सय ५९ रनको लक्ष्य पुरा गरेको थियो । उक्त इनिङ्सले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]