default_image

7 years ago

April 23, 2019

धोनीलाई वार्नरको चुनौती

169 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४१ औं खेलमा आज सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा सुरु हुने छ ।

यसअघि हैदरावादको घरेलु मैदानमा चेन्नई ६ विकेटले पराजित भएको थियो । चेन्नई प्लेअफ नजिक छ । १० खेलमा ७ मा जित र ३ मा हारका साथ १४ अंक जोड्दै दोस्रो स्थानमा छ । चेन्नई आजको खेलमा विजयी भए प्ले अफ लगभग पक्का पक्की बन्नुका साथै शीर्ष स्थानमा उक्लिने छ । ९ खेलमा ५ मा जित र ४ मा पराजित भएको हैदरावाद १० अंक जोड्दै चौथो स्थानमा छ । प्ले अफको संभावना बलियो बनाउन हैदरावादलाई पनि यो खेल जित्नु पर्ने दबाब छ ।

जारी आईपीएलमा हैदरावादका डेविड वार्नर र जोनी बयरस्ट्रोले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । पहिलो विकेटका लागि जारी आईपीएलमा ४ पटक शतकीय साझेदारी गरि सकेका यी दुई ओपनर जोडीलाई रोक्न चेन्नईका बलरलाई चुनौती हुने छ ।

जारी आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडीमा शीर्ष स्थानमा रहेका वार्नरले ९ खेलमा १ शतक, ६ अर्ध शतक सहित ७३.८५ को औसतमा कुल ५ सय १७ रन बटुलिसकेका छन् । दोस्रो स्थानमा रहेको बेयरस्ट्रोले समान खेलमा ४ सय ४५ रन जोडी सकेका छन् । हैदरावादका वार्नरसँगै बेयरस्टो, सन्दीप शर्मा, खलील अहमद, भुवनेश्वर कुमार, राशिद खान मुख्य हतियार हुन् ।

जारी आईपीएलमा महेन्द्रसिंह धोनीले पनि उत्कृष्ट प्रर्दशन गरि रहेका छन् । गत बेंगलोरविरुद्ध धोनीले ४८ बलमा ७ छक्का र ५ चौका सहित ८४ रनमा अविजित इनिङ्स खेलेका थिए । जारी आईपीएलमा धोनीले ९ खेलमा ३ सय १४ रन आफ्नो नाममा लेखाई सकेका छन् ।

हैदरावादका बलरलाई धोनीलाई रोक्न चुनौती हुने छ । चेन्नईका अन्य आम्बाती रायुडु,सुरेश रैना,शेन वाटशनले औसत प्रर्दशन गरेका छन् । स्पिनर इमरान ताहिर,रविन्द्र जडेजा,हरभजन सिंह चेन्नईका मुख्य हतियार हुन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.