7 years ago
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उपाधिको लागि नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी बल (एपीएफ) बीच प्रतिस्पर्धा हुने छ ।

मंगलवार सेमिफाईनल खेलमा एपीएफले प्रदेश नम्बर १ लाई ८ विकेट र पुलिसले नेपाल आर्मीलाई ३ रनले हराउँदै फाईनलमा प्रवेश गरेका हुन् । कोहलपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पुलिसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८० रन बनाएको थियो ।
पुलिसका लागि अमित श्रेष्ठले सर्वाधिक २३ रनको योगदान दिए । त्यस्तै दिलिप नाथ ११,आरिफ शेख ८ र मञ्जित श्रेष्ठ ९ रनमा आउट भए । आर्मीका सहाब आलमले ३,सोमपाल कामी र सुशन भारीले समान २ विकेट लिए ।
८१ रनको लक्ष्य पछ्पाएको आर्मी १८ ओभरमा अल आउट हुँदै ७७ रनमा समेटियो । आर्मीका लागि कुशल मल्ल २३,राजु रिजाल १४ र राजेश पुलामी मगरले १० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । आर्मीका तल्लोक्रमका विनोद भण्डारी,सोमपाल कामी,रोहित कुमार पौडेल,शुसन भारी र सहाव आलम डक आउट भए ।
पुलिसका सागर ढकालले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर ४,नबिन सिंह थापा र ललित नारायण राजवंशीले समान ३ विकेट लिए । सागर खेलमा म्यान अफ द म्याच चुनिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]